मंग्सिर १, २०८२ सोमबार November 17, 2025

सुदूरपश्चिममा एक हजार मानवअधिकार उल्लङ्घनका घटना

न् २०२३ को तुलनामा सन् २०२४ मा पीडितको सङ्ख्यामा कमी आएको दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अत्तरिया (कैलाली)। सुदूरपश्चिम प्रदेशमा सन् २०२४ मा एक हजार ८१ वटा मानवअधिकार उल्लङ्घन तथा ज्यादतीका घटना भएका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले बुधबार आयोजना गरेको ‘नेपाल मानवअधिकार वर्ष पुस्तक सन् २०२५ र सुदूरपश्चिम प्रदेशमा मानव अधिकारको अवस्था’ विषयक पत्रकार भेटघाट कार्यक्रममा उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।

सन् २०२४ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनाबाट प्रदेशभरि एक हजार ९९ जना पीडित भएका इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खड्कराज जोशीले जानकारी दिए। उनका अनुसार सन् २०२४ मा प्रदेशमा मानवअधिकार उल्लङ्घनका ११ घटनामा एक महिला र १० पुरुष गरी ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ९४ महिला र ३४ जना पुरुष गरी एक हजार ८८ जना पीडित भएका छन् ।

राज्यपक्षबाट कुटपिटका घटनामा दुई, गिरफ्तारीका घटनामा छ, जेलमा मृत्यु भएका घटनामा एक, हिरासतमा मृत्यु एक र अमानवीय व्यवहार घटनामा एक गरी ११ जना पीडित भएको त्यस अवसरमा जानकारी दिइयो ।

यस्तै, गैह्र राज्यपक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्या घटनामा नौ, घाइते ११, बालअधिकारका घटनामा १०५, जातीय विभेदका तीन, महिला अधिकारका घटनामा ९४७, अमानवीय व्यवहारका दुई, कुटपिटका आठ र धम्कीका घटनामा तीनजना पीडित भएका प्रदेश संयोजक जोशीले जानकारी दिए ।

सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडितको सङ्ख्यामा कमी आएको उहाँले बताउनुभयो । सन् २०२३ को तुलनामा सन् २०२४ मा पीडित हुनेको सङ्ख्यामा १०२ जनाले कमी आएको हो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सञ्चार क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाह
२०८२ मंग्सिर १, सोमबार
सुडानको मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसंघको चेतावनी
२०८२ मंग्सिर १, सोमबार
क्रिकेट खेलमैदान आसपास क्षेत्रमा भीडभाड नगर्न प्रहरीको आग्रह
२०८२ मंग्सिर १, सोमबार
एक वर्षमा ४२ हजार ८५६ विद्युतीय सिफारिस जारी
२०८२ मंग्सिर १, सोमबार
पाठेघरको मुखको क्यान्सरः स्क्रिनिङ र खोप विस्तार जरुरी
२०८२ मंग्सिर १, सोमबार
प्यालेस्टिनी राज्यको विषयमा नेतान्याहु अडिग, संयुक्त राष्ट्रसङ्घको मतदानअघि तनाव वृद्धि
२०८२ मंग्सिर १, सोमबार
राष्ट्र बैङ्कले ४२ अर्ब सरकारलाई उपलब्ध गराउने
२०८२ मंग्सिर १, सोमबार