चैत्र १२, २०८१ मंगलबार March 25, 2025

भद्रपुर झापा गोल्डकपः आयोजक ब्लेजर्स सेमिफाइनलमा

पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भद्रपुर (झापा), ९ फागुनः दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपमा आयोजक भद्रपुर ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको छ । मेची रङ्गशालामा आज भएको पहिलो क्वाटरफाइनल नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै आयोजक ब्लेजर्स सेमिफाइनलमा प्रवेश गरेको हो ।

ब्लेजर्सका लागि मिलन राईले खेलको ७२औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई १–० को स्थितिमा पु¥याए । पहिलो गोल भएको दुई मिनटमा ब्लेजर्सका राईले पेनाल्टीमार्फत टोलीका लागि दोस्रो गोल गरे । पुलिसका लागि दोस्रो हाफको अतिरिक्त समयमा प्रशान्त कुँवरले एक गोल फर्काए ।

ब्लेजर्सका लागि दुई गोल गरेका राई प्लेयर अफ द म्याच भएका छन् । भोलि हुने दोस्रो क्वाटरफाइनलमा झापा–११ र चर्च बोइज युनाइटेडबीच खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया