मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

कानुन विपरीत अमेरिकामा बस्दै आएका थप दुई नेपाली निष्कासित

जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बन्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं : अमेरिकाले थप दुई जना नेपालीलाई निष्कासन गरेको छ। अवैधरूपमा अमेरिकामा बस्दै आएका उनीहरूलाई नेपाल फर्काइएको स्रोतले जानकारी दिएको छ।

नेपाल फर्काइनेमा केसी र बुढाथोकी थरीका दुई व्यक्ति रहेको स्रोतको भनाइ छ। उनीहरूलाई एयर इन्डियाबाट भारत हुँदै काठमाडौं फर्काइएको हो। कानुन विपरीत अमेरिकामा बस्दै आएका उनीहरूलाई यसै साता फर्काइएको हो।

यसअघि यसै साता अन्य दुई जनालाई पनि निष्कासन गरिएको थियो। अमेरिकाले गैर कानुनीरूपमा बस्दै आएका जैसवाल र कार्की थरीका व्यक्तिलाई निष्कासन गरेको थियो।

गत जनवरी २० मा राष्ट्रपतिको सपथ लिएसँगै ट्रम्प गैरकानुनी रूपमा बसिरहेका आप्रवासीहरूप्रति आक्रामक बनेका छन्। त्यस्ता आप्रवासीहरूलाई ट्रम्प प्रशासनले धमाधम अमेरिकाबाट निष्कासन गरिरहेको छ। भारतलगायत केही देशमा अमेरिकी सैन्य जहाजबाट नै आप्रवासीहरूलाई फिर्ता पठाइएको थियो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एमालेमा नेतृत्व हस्तान्तर र रुपान्तरण अपरिहार्य – गोकर्ण विष्ट
२०८२ मंग्सिर २४, बुधबार
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार