मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आइसीसी च्याम्पियन्स ट्रफी : दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रन अन्तरले हरायो

अफगानिस्तानका बलर मोहमद नावीले २ विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। दक्षिण अफ्रिकाले आइसीसी च्याम्पियन्स ट्रफीमा विजयी शुरुवात गरेको छ। शुक्रबार राति पाकिस्तानको कराची नेशनल स्टेडियममा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रन अन्तरले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछाएको अफगानिस्तानले ४३.३ ओभरमा अल आउट हुँदै २०८ रन मात्र बनाएपछि खेल १०७ रनले खेल हारेको थियो। अफगानिस्तानका लागि रहमत शाहले सर्बाधिक ९० रन बनाए भने अन्य ब्याट्सम्यानले खासै योगदान गर्न सकेका थिएनन्।

त्यस्तै दक्षिण अफ्रिकाका बलर कागीसो रबाडाले सर्बाधिक ३ विकेट लिएका थिए भने लुंगी एन्गिडी र विआन मुल्डरले २-२ विकेट लिएका थिए। त्यस्तै मारको जानसेन र केशव महाराजले एक एक विकेट लिएका थिए।

ICC Champions Trophy 2025: South Africa beat Afghanistan by 107 runsयस अघि टस जितेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५० ओभरमा ६ विकेट गुमाउँदै ३१५ रन बनाएको थियो। दक्षिण अफ्रिकाका लागि रयान रिकेलटनले शतकीय पारी खेलेका थिए। १०६ बल खेलेका रिकेलटन १०३ रन बनाएर आउट भएका थिए। त्यस्तै कप्तान टेम्बा बाभुमाले ५८ रन बनाए भने रास्सी भान डेर दुसेनले ५२ रन बनाएका थिए।

त्यसैगरी एडन मार्क्रमले अविजित ५२ रन बनाएका थिए भने डेभिड मिलरले १४ रन बनाएका थिए। त्यसैगरी अफगानिस्तानका बलर मोहमद नावीले २ विकेट लिए भने नूर अहमद, अजमतुल्लाह ओमारजाई र फाजलहक फारुकीले एक एक विकेट लिएका थिए।

यो जितपछि समुह बि मा रहेको दक्षिण अफ्रिकाले महत्वपूर्ण २ अंक हासिल गरेको छ। त्यस्तै आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक च्याम्पियन्स ट्रफी खेलिरहेको अफगानिस्तानले भने हारबाट आफ्नो शुरुवात गरेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार