चैत्र २, २०८१ शनिबार March 15, 2025

ताप्लेजुङको फुङलिङमा ‘नो केबलकार समूह’ र प्रहरीबीच झडप

धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः धार्मिकस्थल पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोध गर्दै आएको ‘नो केबलकार समूह’ र प्रहरीबीच फुङलिङमा झडप भएको छ ।

काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार साँझ बजारमा नारा लगाउँदै राँके जुलुस प्रदर्शन गर्दा झडप भएको हो ।

प्रहरीका अनुसार राँके जुलुस गर्दा वीरेन्द्रचोकमा झडपका क्रममा धरान बस्ने एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि ताप्लेजुङको तमर अस्पतालमा भर्ना गरिएको छ ।

राँके जुलुसमा उत्रिएका आन्दोलनकारीलाई प्रहरीले नियन्त्रणमा लिने प्रयास गरेपछि झडप भएको बताइएको छ ।

आन्दोलनकारीले केही हपतायता केबलकार निर्माणको विरोधमा निरन्तर प्रदर्शन गर्दै आएका छन् । प्रदर्शनका क्रममा प्रहरी र आन्दोलनकारीबीच पटक–पटक झडपको अवस्था बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया