चैत्र १२, २०८१ मंगलबार March 25, 2025

पत्रकार पौडेलको स्मृतिमा त्रिभुवन स्मृति कप फुटबल प्रतियोगिता हुने

विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य, पत्रकार महासङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष तथा परिवर्तन युवा क्लबका सल्लाहकार स्व.त्रिभुवन पौडेलको स्मृतिमा प्रथम त्रिभुवन स्मृति कप फाइभ ए साइड फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।

पोखरा महानगरपालिका वडा न. २२ को ठुलिविडीमा यही फागुन १६ गतेदेखि उक्त प्रतियोगिता हुने भएको शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराइयो ।

उक्त प्रतियोगिता ठुलिविडीको सिम्लेपाखा खेलमैदानमा यही फागुन १८ गतेसम्म सञ्चालन हुने तयारी गरिएको प्रतियोगिताका संयोजक सुदिप बरालले बताउनुभयो ।

परिवर्तन युवा क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले २५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको छ । त्यस्तै विद्यागत तर्फ उत्कृष्ट खेलाडी, गोलकर्ता र उत्कृष्ट गोल रक्षकलाई समेत पुरस्कार प्रदान गरिने भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया