कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

गण्डकीलाई ‘वेलनेस’ टुरिजमको हबको रुपमा विकास गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य आवश्यक पर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपालको पर्यटकीय राजधानी पोखरा र गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हबको रुपमा बिकास गर्नुपर्ने बताउनुभएको छ ।

गण्डकी स्वजागरण अभियानको शनिबार पोखरामा शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले प्रदेश भित्र ‘वेलनेस’ टुरिजमको विकासका लागि प्रदेश सरकारले आफ्नो नीति कार्यक्रम र बजेटमा उच्च प्राथमिकता दिने जनाउँदै पोखरा र गण्डकी प्रदेशमा वेलनेस टुरिजमको हबको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।

धार्मिक सम्पदा, ऐतिहासिक स्थलहरू, हिमाल, तालहरू, साहसिक खेलको ठूलो सम्भावना रहेको गण्डकी प्रदेशलाई योग ध्यानको केन्द्रको रुपमा विकास गर्न स्थानीय, प्रदेश र संघ सरकारबीच सहकार्य आवश्यक पर्ने उहाँले जनाउनुभयो ।

घरघरमा स्वजागरण गराउने लक्ष्य सहित स्थानीय तहसँगको सहकार्यमा सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय मार्फत कार्यक्रम कार्यान्वयनको चरणमा रहेको उहाँले बताउनुभयो ।

गण्डकी स्वजागरण अभियानमा आइतबारदेखि एक साता विराट् चक्र विज्ञान’ को अभ्यास सञ्चालन हुने भएको छ । पोखरा रंगशालाको वैकल्पिक फुटबल मैदानमा उक्त कार्यक्रमबाट एक महिना फुटबल प्रशिक्षण प्रभावित हुने भएपछि उक्त कार्यक्रम हाल पोखरा नयाँ बजारको प्रदर्शनी केन्द्रको डोममा हुने भएको छ ।

गण्डकी प्रदेश बाहेक अन्य प्रदेशको लागि भने कार्यक्रम स्थगित गरिएको अमेरिकाका संयोजक तथा हाल पोखराका स्वयंसेवक लोक तिवारीले बताउनुभयो । जीवन विज्ञान प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट कार्यक्रममा सहभागी भएको उहाँले जनाउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार