मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

खुला बास्केटबल : माउन्टेन मुभर्स फाइनलमा

पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । माउन्टेन मुभर्स खुला बास्केटबल प्रतियोगिताको महिलामा शनिबार फाइनलमा प्रवेश गरेको छ । ३ टिम सहभागी राउन्ड रोविन लिगमा माउन्टेन मुभर्स अपराजित रहँदै फाइनलमा पुगेको हो ।

नखिपोट युथ क्लब र नेपाल लोकतान्त्रिक खेलकुद संघ, ललितपुरद्वारा संयुक्त आयोजित प्रतियोगितामा माउन्टेन मुभर्सले लिगको अन्तिम खेलमा आईएसए नेपाललाई ४७–२८ ले पराजित ग¥यो । माउन्टेन मुभर्सकी छिरिङ शेर्पाले १२ अंक जोडिन् ।

शीर्ष स्थानमा रहँदै फाइनल पुगेको माउन्टेन मुभर्सले सुरुका तीन क्र्वाटरमा लिएको अग्रतानै जितको आधार बन्यो । माउन्टेन मुभर्सले पहिलोमा ८–०, दोश्रोमा १८–८ र तेश्रोमा ११–६ को प्रदर्शन ग¥यो । चौथोमा आईएसए नेपालले १४–१० को सान्त्वना अग्रता हासिल ग¥यो ।

लिगको पहिलो खेलमा माउन्टेन मुभर्सले कीर्तिपुरलाई ६८–५२ ले हराएको थियो । लगातार दोश्रो हारसँगै आईएस नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । फाइनलमा माउन्टेन मुभर्सको भेट कीर्तिपुरसँगै हुनेछ । कीर्तिपुरले आफ्नो पहिलो लिग खेलमा आईएसए नेपाललाई ५२–४९ ले हराएको थियो ।

नखिपोटस्थित आयोजक क्लबको कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुषमा प्लेबक्स फाइनलमा पुगेको छ । प्लेबक्सले शनिबार भएको सेमिफाइनलमा रोयललाई ८२–६२ ले हरायो । प्लेबक्सको जितमा आशिष महर्जनले सर्वाधिक २४ अंक जोडिन् । अब प्लेबक्सले उपाधिका लागि आर्मी र टाइम्सबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यो खेल अहिले जारी छ ।

फाइनल आइतबार हुनेछ । पुरुषमा पहिलो हुनेले १ लाख र दोश्रोले ५० हजार नगद पुरस्कार पाउने छन् । महिलाको उपाधि विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । दुवै समूहको ‘मोस्ट भेलुएबल प्लेयर’ लाई समान २०–२० हजार तथा उदीयमान खेलाडीलाई समान १०–१० हजार नगदसहित गिफ्ट ह्याम्पर प्रदान गरिने छ

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार