जेठ २, २०८३ शनिबार May 16, 2026

विवाहमा बेहुला-बेहुलीसँगै मोहीमा आकर्षण

स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। वैवाहिक कार्यक्रममा बेहुला-बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो। तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ। काठमाडौंमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो।

अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए। यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुभकामना र आशीर्वाद दिनेको भीड पेय पदार्थका रुपमा राखिएको मोहीतिर लहसिएको थियो।

अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौँकी शिक्षा भट्टराईले बताइन्। बिहेमा सहभागी अन्तर्राष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताए।

विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताए। बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताए।

बिहेका आगन्तुक एवं सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गरे। उनले पौराणिक प्रसंग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गरे।

कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहेका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँ पन दिन मोही समावेश गरेको बताए। बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उनले विशेष खुसी व्यक्त गरे।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गरेका थिए। नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताए।

काठमाडौंमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताए।

चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन्। नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
निलम्बन फुकुवापछि नेपाल समूह ए मा रहेर साफ च्याम्पियनसिप खेल्ने पक्का
२०८३ जेठ २, शनिबार
लोकतान्त्रिक व्यवस्थामा व्यक्ति भन्दा संस्था ठुलो हुन्छ : प्रवक्ता चालिसे
२०८३ जेठ २, शनिबार
पोल्याण्डमा थप सैनिक पठाउने अमेरिकी योजना रद्द
२०८३ जेठ २, शनिबार
त्रिवि प्रशासन पुनर्गठनः शिक्षाध्यक्ष र रजिस्ट्रार नियुक्त
२०८३ जेठ २, शनिबार
लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ
२०८३ जेठ २, शनिबार
वडा सचिवलाई धम्की दिने व्यक्ति काठमाडौं प्रहरीको फन्दामा
२०८३ जेठ २, शनिबार
इजरायल-लेबनानबीच ४५ दिनको युद्धविराम विस्तारमा सहमती : अमेरिकी विदेश विभाग
२०८३ जेठ २, शनिबार