काठमाण्डौः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले अछाम जिल्लास्थित बयलपाटा अस्पतालको सेवालाई निरन्तरता दिन प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर अघि बढने प्रतिबद्धता व्यक्त गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा प्रतिनिधिसभा सदस्य शेरबहादुर कुँवरले रु ११ करोड बजेटको अभावमा उक्त अस्पताल बन्द हुने अवस्था सृजना भइरहेकातर्फ सभामुखमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद कुँवरले आवश्यक रकम तत्काल उपलब्ध गराएर निःशुल्क स्वास्थ्य उपचार सुनिश्चित गर्र्न ध्यानाकर्षण प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री पौडेलले उक्त विषयमा आफनो ध्यानार्कषण भएको भन्दै अस्पतालको सेवा प्रभावित हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।
सांसद कुँवरले ५० शय्याको उक्त अस्पताल प्रदेशमा पूर्ण रूपमा हस्तान्तरण भइनसकेको भन्दै प्रदेश सरकारले दिँदै आएको रु आठ करोड बराबरको विशेष अनुदानसमेत दुई वर्षयता रोकिएको जानकारी गराए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया