मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

केपी ओली कप : केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश

आर्मीका नवयुग श्रेष्ठले खेलको १९ औं मिनेट र दिनेश हेम्जनले ८१ औं मिनेटमा गोल गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं। केपी ओली एफसी र त्रिभुवन आर्मी क्लब केपी ओली कप फुटबल च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सोमबार भएको खेलमा केपी ओली एफसीले न्यूरोड टिम(एनआरटी) र त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई पराजित गर्दै सेमिफाइनलन प्रवेश गरेका हुन्।

ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको दोश्रो खेलमा केपी ओली एफसीले एनआरटीलाई १-० गोल अन्तरले पराजित गर्‍यो। केपी ओली एफसीका तर्फबाट एकमात्र निर्णायक गोल खेलको ६३ औ मिनेटमा सुरजज्यू ठकुरीले गरेका थिए।

त्यस्तै सोमबार नै भएको पहिलो खेलमा आर्मीले पुलिस क्लबलाई २-० गोल अन्तरले पराजित गर्‍यो। आर्मीका नवयुग श्रेष्ठले खेलको १९ औं मिनेट र दिनेश हेम्जनले ८१ औं मिनेटमा गोल गरेका थिए।

प्रतियोगिताअन्तर्गत मंगलबार दुई खेल हुनेछन्। पहिलो खेल साढे ११ बजे एपिएफ र संकटा क्लबबीच र दोस्रो खेल दिउँसो ३ बजे मछिन्द्र एफसी र एफसी ट्रान्सपोर्ट युनाइटेडबीच हुनेछ।

फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन्। राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जारी प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार