कार्तिक २५, २०८३ बुधबार November 11, 2026

‘अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ’

न्यायिक कार्य सम्पादन गर्नेहरुले निर्णय मात्र नदिई न्याय दिने काम गर्न आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

कर्णाली, १३ फागुन । सर्वोच्च अदालतका न्यायाधीश तथा केन्द्रीय न्याय क्षेत्र समन्वय समितिका सदस्य शारङ्गा सुवेदीले नागरिकलाई न्यायको अनुभूति दिलाउने गरी काम गर्नु राज्यको दायित्व भएको बताएका छन् ।

सर्वोच्च अदालतद्वारा मङ्गलबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘उच्च अदालत सुर्खेतमा सञ्चालित जिल्ला तथा उच्च अदालत न्याय क्षेत्र समन्वय समितिको काम कारबाहीको प्रभावकारितामाः केन्द्रीय न्याय क्षेत्र समन्वय समितिको भूमिका’ विषयक एक दिवसीय अन्तक्र्रिया कार्यक्रममा उनले न्याय ढिलो दिनु भनेको न्याय नदिनुजस्तै भएको बताए । राज्यका सेवा प्रदायक निकायहरु एक अर्काको काम गर्ने तवर तरिकाले नागरिकहरुमा कस्तो प्रभाव परेको छ भन्नेबारे छलफल गर्ने उद्देश्यले अन्तक्र्रिया कार्यक्रम गरेको उनको भनाइ थियो ।

न्यायाधीश सुवेदीले भने, “गलत हामी सबैका छन् । न्याय क्षेत्र समन्वय समितिमा बसेर त्यहाँ भएका कमीकमजोरीको सूक्ष्म अध्ययन गरौँ र सुधार कसरी गर्न सकिन्छ त्यो पनि हेरौँ अनि समस्याको समाधान निस्किहाल्छ नि । अपराध अनुसन्धान, अभियोजन गर्ने कुरामा सम्बन्धित क्षेत्र संवेदनशील हुनुपर्दछ ।”

अन्त्यमा फैसला गर्ने काम अदालतको भए पनि त्यसको अनुसन्धान, अभियोजन गर्ने निकायले सत्यतथ्यमा आधारित भएर प्रमाण जुटाउनुपर्ने भन्दै न्यायाधीश सुवेदीले राज्यका प्रतिनिधिले मान्छेलाई थुनामा राख्दा त्यसको औचित्यता प्रष्ट गर्नुपर्ने बताए । आरोप लाग्ने बित्तिकै आत्मसम्मान गुम्ने र उनीहरुको अधिकारको ख्याल नगर्ने गरी काम गर्न नहुनेमा उनको जोड थियो ।

उच्च अदालत न्याय क्षेत्र समन्वय समितिका अध्यक्ष तथा उच्च अदालत सुर्खेतका कायममुकायम न्यायाधीश कृष्णलाल भट्टराईले फौजदारी अपराधसँग सम्बन्धित घटनामा निष्पक्ष अनुसन्धान हुनपर्ने बताए । सर्वसाधारणलाई न्यायमा पहुँच हुने गरी राज्यले काम गर्नुपर्ने भन्दै उनले लगत फछ्र्योट समितिलाई सक्रिय बनाउनुपर्नेमा जोड दिए । न्याय सम्पादनमा भने न्यायिक निकायले नागरिकमैत्री भूमिका निर्वाह गर्नुपर्नेमा उनको सुझाव थियो ।

जिल्ला अदालत सुर्खेतका न्यायाधीश दीपक ढकालले न्यायिक कार्य सम्पादन गर्नेहरुले निर्णय मात्र नदिई न्याय दिने काम गर्न आग्रह गरे । फैसला कार्यान्वयन अदालतको काम मात्र नभई राज्यका तोकिएका संयन्त्रहरुले प्रभावकारी रुपमा गर्नुपर्ने जुनाए । आफूहरु भने न्यायिक श्रीवृद्धिका लागि अगाडि बढेको न्यायाधीश ढकालको भनाइ थियो ।

वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले ढिलो न्यायले नागरिक मात्र नभई सरकार पनि अन्याय पर्ने धारणा व्यक्त गरे । उनले न्यायिक निरुपण समयमै हुन सकेमात्र नागरिकलाई न्यायको अनुभूति हुने बताए । उक्त कार्यक्रममा मालपोत तथा नापी कार्यालयका प्रमुख, सरकारी वकिल, अधिवक्तालगायतका कानुन व्यवसायीको सहभागिता रहेको थियो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार