कार्तिक २९, २०८३ आइतबार November 15, 2026

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

महाशिवरात्रिका दिन सर्वसाधारणका लाग बिहान ४ देखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भक्तपुर, १३ फागुनः केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी पूरा भएको मन्दिर संरक्षण तथा विकास समितिका महासचिव हरिशरण बस्नेतले जानकारी दिनुभएको छ । उहाँले आज रातिदेखि नै भक्तजनलाई सहज दर्शनको व्यवस्थासमेत गरिएको बताउनुभयो ।

महाशिवरात्रिका दिन सर्वसाधारणका लाग बिहान ४ देखि १२ बजेसम्म मन्दिरका चारै ढोका खुला गरिने छ । भक्तजनले मन्दिरको गर्भगृहमै पुगेर पूजा एवं दर्शन गर्न पाउने छन् । भक्तजनलाई पञ्चस्नानसमेत गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।

महाशिवरात्रिका लागि आएका साधुसन्तलाई समितिले खान, बस्न, धुनी बाल्न दाउराको व्यवस्था गरेको छ । यस पावन पर्वमा डोलेश्वर आउने साधुसन्त र बाबामध्ये ‘क’, ‘ख’ र ‘ग’ वर्गमा विभाजन गरी दक्षिणा एवं धोती दिएर बिदाइ गर्ने व्यवस्थासमेत गरिएको छ ।

यस वर्ष करिब चार सय जना साधुसन्त एवं बाबा मन्दिरमा आएको उहाँले बताउनुभयो । उहाँले दर्शनार्थीलाई लाइन बसेको आधा घण्टामा दर्शन गर्ने व्यवस्था गरिएको र मन्दिर अगाडि स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । महाशिवरात्रिका दिन मन्दिरमा एक लाखभन्दा बढी दर्शनार्थी आउने अनुमान गरिएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाँदरको हैरानीले किसान अदुवाखेतीतर्फ आकर्षित
२०८३ कार्तिक २९, आइतबार
सुनसरीमा छठ पर्वका सामग्रीको व्यापार बढ्यो, पूजास्थल तयार
२०८३ कार्तिक २९, आइतबार
छठ महापर्व नेपाली समाजको अद्वितीय सांस्कृतिक अनुष्ठानः उपराष्ट्रपति यादव
२०८३ कार्तिक २९, आइतबार
छठी मैयाको कृपाले सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस् : गगन थापा
२०८३ कार्तिक २९, आइतबार
ट्राफिक नियम उल्लंघन गर्ने ५५७ सवारी चालक ट्राफिक फन्दामा
२०८३ कार्तिक २९, आइतबार
खगोलविज्ञान ओलम्पियाडमा नेपाललाई पहिलो रजतसहित चार पदक
२०८३ कार्तिक २९, आइतबार
पश्चिमी वायुका प्रभावले केही स्थानमा वर्षा र हिमपातको सम्भावना
२०८३ कार्तिक २९, आइतबार