असोज ९, २०८३ शुक्रबार September 25, 2026

बौद्धमा सीमित व्यक्तिका बीच मनाइयो रोपाइँ जात्रा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमण्डाै‌ंः वर्षभर बौद्ध क्षेत्रबाट दिवंगत भएकाको मोक्ष एवं शान्ति प्राप्तिको कामना गर्दै बौद्ध चैत्यमा सीमित मानिसका बीच रोपाइँ जात्रा मनाइएको छ ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढेसँगै प्रत्येक वर्ष भाद्र कृष्ण द्वितीयाका दिन विश्वसम्पदा सूचीमा सूचिकृत बौद्ध क्षेत्रमा मनाइने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जात्रा विधि मात्र पूरा गरेर समापन गरिएको हो ।

बौद्धनाथ क्षेत्र विकास समितिको संयोजनमा बौद्धमा रहेका सङ्घसंस्थाले सक्रिय रुपमा मनाउने सांस्कृतिक महत्वको रोपाइँ जात्रा यस वर्ष कोरोना फैलनसक्ने भयले सीमित मानिसकाबीच मनाइएको हो । आज दिउँसो ३ बजेपछि बौद्ध चैत्य परिसरमा एक वर्षअघिदेखि दिवङ्गत भएका परिवारका सीमित सदस्यलाई मात्र छिराएर सांस्कृतिक जात्रा सम्पन्न गरिएको समितिका अध्यक्ष चन्द्रमान लामाले जानकारी दिनुभयो ।

यस वर्ष बौद्ध क्षेत्रमा २० जनाको निधन भएको तथ्याङ्क प्राप्त भएको समितिले जनाएको छ । बीस परिवारका सीमित सदस्य, एउटा हलो, थोरै सङ्ख्यामा बाउसे र रोपाहारका बीच रोपाइँ जात्रा गरिएको हो । जात्राका समयमा सर्वसाधारणलाई बौद्ध चैत्य परिसरमा प्रवेशमा समेत रोक लगाइएको अध्यक्ष लामाले बताउनुभयो ।

जात्राको विधिअनुसार बौद्ध चैत्य एकपटक घुमाएर जात्रा सम्पन्न गरिएको छ । विगतमा वर्षमा यो जात्राका क्रममा सांस्कृतिक झाँकीसहित बौद्ध-चुच्चेपाटी-चाबहिल-महाङ्काल-तीनचु-जोरपाटी हुँदै पुनःबौद्धमै आएर सकिन्थ्यो । यस वर्ष भने सीमित लाठे र रोपाहारका बीच लाखे नाच नचाएर जात्रा सम्पन्न गरिएको छ ।

प्रत्येक वर्ष गाईजात्राको भोलिपल्ट रोपाइँ जात्रा गरेपछि यस क्षेत्रबाट वर्षभर निधन भएकाले मोक्ष एवं शान्ति पाउँछन् भन्ने धार्मिक विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विद्यालय बन्द
भारी वर्षाको सम्भावनासँगै लमजुङका पाँच पालिकामा विद्यालय बन्द
२०८३ असोज ८, बिहिबार
ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट
२०८३ असोज ८, बिहिबार
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
२०८३ असोज ८, बिहिबार
विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार
२०८३ असोज ८, बिहिबार
तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह
२०८३ असोज ८, बिहिबार
कांग्रेस महाधिवेशनः ६६ जिल्लाका ६३० जिल्लाका ६३० पालिकामा निर्वाचन सम्पन्न
२०८३ असोज ८, बिहिबार
यी हुन् एमाले केन्द्रीय कमिटी बैठकका २२ निर्णय : विद्या भण्डारी वरिष्ठ नेता, २७ जना मनोनीत
२०८३ असोज ८, बिहिबार