मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

भद्रपुर झापा गोल्डकप : झापा ११ फाइनलमा

खेलको प्लेयर अफ द म्याच विजयी टिमको जर्सी नं ४७ का खेलाडी एरोन थापा भए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

भद्रपुर, झापा । झापा ११ भद्रपुर झापा गोल्डकप गम्भीर राई स्मृति अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

भद्रपुरस्थित मेची रङ्गशालामा आज भएको अन्तिम सेमिफाइनल खेलमा पाहुना टोली भुटानको डागा युनाइटेड एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै झापा ११ ले फाइनलमा स्थान पक्का गरेको हो ।

अत्यन्तै प्रतिस्पर्धात्मक खेलको दोस्रो हाफको अतिरिक्त ५ मिनटको समय सम्हालिन नसक्दा भुटान प्रतियोगिताबाट बाहिरियो । खेलमा झापा ११ का तर्फबाट एरोन थापा, रोहन कार्की र हरिबहादुर आले मगर भुटानका तर्फबाट सुरज रसाइलीले गोल गरे । खेलको प्लेयर अफ द म्याच विजयी टिमको जर्सी नं ४७ का खेलाडी एरोन थापा भए । उनले नगद २१ हजारसहित ट्रफी पाए ।

अब शुक्रबार आयोजकको टिम भद्रपुर ब्लेजर्स र झापा ११ का बीच १३ लाख नगद पुरस्कारको उपाधिका लागि प्रतिस्पर्धा हुने भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले बताउनुभयो  ।रोहित काफ्ले

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार