काठमाण्डौंः गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ। क्षयरोग उपचार केन्द्र पोखरा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु र लुम्बिनी प्रादेशिक अस्पताल रुपन्देहीमा गरिएका परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
कास्कीका १, पर्वतका १, गोरखाका ६ र पूर्वीनवलपरासीका ३ जनामा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। उनीहरुलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ५सय ६६ पुगेको छ। नेपालमा संक्रमितको संख्या २१ हजार ४ सय १ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया