असार २५, २०८२ बुधबार July 9, 2025

वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने

एक सिफ्टमा भइरहेको शल्यक्रियालाई दुई सिफ्ट गर्ने गरी व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १६ फागुन । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले दैनिक दुई सिफ्ट मा शल्यक्रिया सुरु गर्ने भएको छ ।

अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले एक साताभित्रै दैनिक दुई सिफ्टमा शल्यक्रिया गर्ने गरी व्यवस्थापन गरिएको बताउनुभयो । उहाँले हाल एक सिफ्टमा भइरहेको शल्यक्रियालाई दुई सिफ्ट गर्ने गरी व्यवस्था मिलाएको बताउनुभयो ।

निमित्त निर्देशक गौतमले अस्पतालको प्रयोगशालाको क्षमता वृद्धिका लागि उपकरण थपिएको बताउनुभयो । “ल्याब परीक्षणका लागि बाहिर जान नपर्ने गरी प्रयोगशालाको क्षमता बढाएका छौँ,” उहाँले भन्नुभयो, “बाहिर प्रयोगका लागि गइरहेका परीक्षणका विवरण अध्ययन गरेर आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गर्ने योजना अनुसार काम थालिएको छ ।”

डा. गौतमले वीरमा हाल दैनिक २५ एमआरआई भइरहेकामा क्षमता वृद्धि गरेर ३२ पु¥याइसकेको बताउनुभयो । अस्पतालले सबैभन्दा धेरै आलोचना सरसफाइमा खेप्ने गरिरहेको छ । शौचालय सफा नभएको भनेर बिरामी तथा कुरुवाको गुनासो आउने गरेकाले यसको व्यवस्थापनका लागि काम भइरहेको निमित्त निर्देशक गौतमले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार