कार्तिक २५, २०८३ बुधबार November 11, 2026

शिक्षा विधेयक छिट्टै पास हुन्छ – गृहमन्त्री लेखक

वर्षौं वर्षदेखि संसद्भित्र प्रवेश गरेका विधेयकहरू पास हुन सकेनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः गृहमन्त्री रमेश लेखकले शिक्षा विधेयक–२०८० छिट्टै पास हुने बताएका छन्।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन विधेयक संसद्को चालु अधिवेशनबाट पारित हुने बताएका हुन्।

‘संघीय संसद्मा पनि विधायनको काम ढिलो भयो। वर्षौं वर्षदेखि संसद्भित्र प्रवेश गरेका विधेयकहरू पास हुन सकेनन्। त्यसो भएको हुनाले अब सदनमा पनि एउटा निश्चित सिमा अवधिभित्र विधायनको कामलाई सक्काउनै पर्ने व्यवस्था गरेर कानुनहरू निर्माण गर्ने कुरामा प्राथमिकता दिइरहेका छौं,’ आम शिक्षक तथा कर्मचारीको चासो बनेको विधेयकबारे बोल्दै गृहमन्त्री लेखकले भने, ‘कांग्रेस, एमाले, माओवादी, राप्रपाले एउटै कुरा भनिसकेपछि धेरै समस्या छ जस्तो मलाई लाग्दैन। त्यसैअनुरुप यो विधेयक पास हुन्छ।’

शिक्षा विधेयक संसद्को चालु अधिवेशनबाटै पारित हुनुपर्ने एकसूत्रीय माग राखेर नेपाल शिक्षक महासंघले देशव्यापी आन्दोलन गरिरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार