काठमाण्डाैंः चीनको शाङहाई शहरमा आयोजित शाङहाई अटो शोमा सार्वजनिक गरिएको चिनियाँ विद्युतीय सवारी साधन निर्माता कम्पनी एक्सफङ मोटर्सको विद्युतीय सवारी साधन पीसेभेनको सन् २०१९ को अप्रिल १६ मा खिचिएको फाइल तस्वीर ।
एक्सफङले ४० करोड डलर लगानी प्राप्त गरेको छ । अमेरिकामा प्राथमिक शेयर निस्कासन (आईपीओ) जारी हुनु भन्दा अघि कम्पनीले सो लगानी पाएको हो । गत महीना पनि कम्पनीले ५० करोड डलर लगानी प्राप्त गरेको थियो ।
पछिल्लो चरणको लगानी संकलनमा एक्सफङका विद्यमान लगानीकर्ता चिनियाँ अनलाइन कम्पनी अलिबाबाका र कतारको सार्वभौम लगानी कोष कतार इन्भेष्टमेन्ट अथोरिटीका साथै आबु धाबीको सार्बभौम लगानी कोष मुबादाला संलग्न रहेका थिए । आर्थिक अभियान
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया