असार २५, २०८२ बुधबार July 9, 2025

प्रचण्ड-नेम्वाङ्ग भेटवार्ता- वार्ताको वातावरण बनाउने प्रयास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीचको वार्ता ठोस परिणाम दिन असमर्थ भएपछि नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ वार्ताको वातावरण बनाउन प्रयासरत देखिएका छन् ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वरिष्ठ नेताहरूले बुधबार आफूनिकट पत्रकारसँग बेग्लै अन्तरक्रिया गर्नुभएपछि केही असहज भएका बेला नेम्बाङ सक्रिय हुनुभएको हो ।

आज बिहीबार बिहानका लागि दुई अध्यक्षबीच तय गरिएको वार्ता हुन नसकेपछि अध्यक्ष प्रचण्डले नै स्थायी कमिटी सदस्य नेम्बाङलाई खुमलटार बोलाउनुभएको बुझिएको छ । दुई अध्यक्षबीचको तिक्तता अन्त्य हुन नसकेपछि नेता नेम्बाङ सकारात्मक वातावरण तयार गर्न प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कुरा गर्न प्रचण्ड निवास पुग्नुभएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।

अध्यक्ष प्रचण्डको प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार अध्यक्ष प्रचण्ड र नेम्बाङबीच करिब एक घण्टा छलफल भएको छ । भेटमा दुई अध्यक्षबीचको वार्ता र संवादको निरन्तरताका लागि नेता नेम्बाङले अध्यक्ष प्रचण्डसँग आग्रह गर्नुभएको छ । बुधबार गरिएको पत्रकारसँगको अन्तरक्रियाका बारेमा समेत उहाँले अध्यक्ष प्रचण्डसँग चासो राख्नुभएको बुझिएको छ । दुई अध्यक्षबीचको विमति संवाद र वार्ताबाटै समाधान हुने बताउँदै आउनुभएको नेता नेम्बाङले खुमलटार पुगेर त्यही आग्रह दोहोर्याउनुभएको छ ।

पार्टीभित्र विमति रहेको सबैलाई जानकारी भएपनि त्यसको समाधानमा दुई अध्यक्ष नै जिम्मेवार बन्नुपर्ने भनाइ उहाँको छ । ‘वार्ता र संवाद नै समस्या समाधानको एकमात्र विकल्प हो’ नेम्बाङले भन्नुभयो, “दुई अध्यक्षबीचको वार्ता र संवादको वातावरण बिगार्ने भूमिका कसैले खेल्नु हुँदैन ।”

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बाढीले उपल्लो मुस्ताङमा चार पुल बगायो २ पुलमा क्षति
२०८२ असार २५, बुधबार
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार