कार्तिक २५, २०८३ बुधबार November 11, 2026

निजी क्षेत्रलाई लगानी गर्ने वातावरण सहज बनाउँछौं – मुख्यमन्त्री आचार्य

निजी क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण तयार गर्ने भनाई

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजी क्षेत्रलाई लगानी गर्ने सहज वातावरण बनाउन लागिपरेको बताउनुभएको छ ।

दाङको तुलसीपुरस्थित राप्ती लाइफ केयर अस्पतालको १८औँ वार्षिकोत्सव तथा भवन उद्घाटन कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले निजी क्षेत्रलाई लगानीमा उत्साहित हुने वातावरण तयार गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “तपाईंहरु लगानी गर्न उत्साहित भएर लाग्नुस्, लगानीको वातावरण सरकारले निर्माण गर्छ ।”

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख टीकाराम खड्काले शिक्षा, स्वास्थ्य क्षेत्रमा निजी क्षेत्रले खेलेको भूमिका उल्लेख्य रहेको बताउनुभयो । निजी क्षेत्रको लगानीले पनि राज्यलाई सहयोग पु¥याएको उहाँको भनाइ थियो ।

रु २७ करोड लगानी गरेर सञ्चालनमा आएको एक सय शय्याको अस्पतालले वार्षिक १७ करोेड ७३ लाख वार्षिक कारोबार गर्दै आएको जनाएको छ । अस्पतालले प्रमाणपत्र तहमा नर्सिङ र सामान्य चिकित्साको कक्षा सञ्चालन गरिरहेको छ, भने आगामी वर्षमा ल्याब र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने गरी अनुमति ल्याइसकेको अस्पतालका अध्यक्ष हरि रिजालले बताउनुभयो ।

अस्पतालले जनरल मेडिसिन, हाडजोर्नी तथा नसा, प्रसूति तथा स्त्रीरोग, जनरल सर्जरी, नवजात तथा बालरोग, नाक, कान, घाँटी रोग, मानसिक तथा नशा रोग, रेडियोलोजिस्ट, एनेसथेसिया तथा कृटिकल केयर न्यूरो, फेजिसियनलगायतका विशेषज्ञ सेवा प्रदान गरेको छ ।

अस्पतालले १० प्रतिशत श्यया निःशुल्क उपलब्ध गराउँदै आएको छ । त्यस्तै नर्सिङ र सामान्य चिकित्सा अध्ययनरत १० प्रतिशत विद्यार्थीलाई निःशुल्क अध्यापन पनि गराउँदै आएको जनाएको छ । अस्पतालमा दुईसय नौ जनाले रोजगारी पाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार