मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

तेस्रो संस्करणको जेसीज कप फुटबलमा आर्मी र पर्पल हेज विजयी

२४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बागलुङ, फागुन २१ गते । बागलुङको बाङेचौर खेलमैदानमा जारी तेस्रो संस्करणको जेसीज कप फुटबल प्रतियोगितामा नेपाली सेनाको श्रीमेहर गण र पर्पल हेजले विजयी सुरुवात गरेका छन् ।

मङ्गलबार भएको खेलमा श्रीमेहरले रुद्रेपिपल युवा क्लब र पर्पल हेज–एभिएमले बागलुङ युनिटी क्लबलाई फराकिलो गोल अन्तरले पराजित गरेका हुन् । मदन लिम्बुको ह्याट्रिकको मद्दतमा विभागीय टोली श्रीमेहर गणले रुद्रेपिपललाई ७–० गोलअन्तरले पराजित गरेको हो ।

श्रीमेहरका लागि मदन लिम्बुले ४, विकास मगर, किसान राई र मविन तुम्बाफेले समान १–१ गोलको योगदान गर्नुभयो । श्रीमेहरले बिहीबार बलेवा एफसीसँग सेमिफाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्नेछ ।

मङ्गलबार भएको दोस्रो खेलमा पर्पल हेज–एभिएमले बागलुङ एकता कल्बलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको छ । बागलुङ एकताले खेल १८ औं मिनेटमा सुशील थापाको गोलबाट अग्रता लिए पनि धेरैबेर जोगाउन सकेन ।

पर्पल हेजका अबिशेक महतोले खेलको ३१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याउँदा ३३ औ मिनेटमा सुजाब बानियाँले गोल गर्दै अग्रता दिलाउनुभयो । मिलन स्याङतानले थप दुई गोल गरेपछि पर्पल हेजले अन्तिम चारमा स्थान पक्का गरेको छ ।

बागलुङ जेसीजको आयोजनामा जारी प्रतियोगितामा बुधबार पहिलो खेल गुठी युनाइटेड र म्याग्दी जिल्ला फुटबल सङ्घ र दोस्रो खेल अमर आदर्श स्पोट्रस क्लब र जिल्ला प्रहरी कार्यालय बागलुङबिच हुने जेसीज अध्यक्ष सुशान्तकृष्ण श्रेष्ठले बताउनुभयो ।

२४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनल पुग्ने टिमले १५ हजार प्राप्त गर्नेछन् । अनुशासित टिमले ५ हजार रुपियाँ प्राप्त गर्नेछ ।

यस्तै, विधागततर्फ प्रतियोगिताको सर्वोकृष्ट खेलाडी, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षकले नगद ५–५ हजार रुपियाँ र ट्रफी प्राप्त गर्नेछन् भने प्लेयर अफदी म्याच हुने खेलाडीले १ हजार रुपियाँ प्राप्त गर्ने जनाइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार