असोज ७, २०८३ बुधबार September 23, 2026

सरुवाको विरोधमा शिक्षक आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः शिक्षा ऐन र नियमावली विपरीत आफूहरुको सरुवा गरेको भन्दै सिरहाको लहान नगर क्षेत्रका विभिन्न अधारभूत विद्यालयमा कार्यरत शिक्षक आन्दोलित भएका छन् ।

लहान नगरपालिका नगर शिक्षा समितिले शिक्षा ऐन र नियमावली विपरीत सरुवा गरेको भन्दै शिक्षकहरुले सङ्घर्ष समिति गठन गरी आन्दोलन शुरु गरेका हुन् ।

स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारलाई मात्र भएको अवस्थामा नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर एकमुष्ट सरुवा गरेको भन्दै संयुक्त सङ्घर्ष समितिले तत्काल सरुवाको निर्णय रोक्नुपर्ने माग गरेका छन् ।

समितिले पत्रकार सम्मेलन गरी लहान नगरपालिकाले नगर शिक्षा समितिको जेठ २८ गतेको निर्णयका आधारमा साउन १४ गते आधारभूत तहका शिक्षकहरुको सरुवा गरेको भन्दै सो निर्णय रोक्नुपर्ने बताएका छन् । शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ नवौँ संशोधन कायम रहेको र सङ्घीय शिक्षा ऐन नबनिसकेको अवस्थामा संविधानले स्थानीय तहलाई दिएको २३ बुँदे अधिकारमा शिक्षक सरुवा, बढुवा उल्लेख नरहेकाले सामुदायिक विद्यालयका शिक्षकको सरुवा, बढुवा गर्ने अधिकार शिक्षा विकास तथा समन्वय एकाइलाई मात्र रहेको संयुक्त सङ्घर्ष समितिका संयोजक अरविन्दकुमार दासले जानकारी दिनुभयो ।

शिक्षण अवधि ११ महिनामात्र रहेका महिला शिक्षकलाई अपायक सरुवा र अवकाश प्राप्त शिक्षकको समेत हचुवाको भरमा प्रतिशोधपूर्ण तवरले सरुवा गरिएको भन्दै उहाँले उक्त सरुवाको निर्णय मान्य नहुने बताउनुभयो । यसरी एकै पटक सबै शिक्षकको सरुवा नगरेकाले यस्ता सरुवाले शिक्षकको मानसिकता खलबलिएको, गुणस्तरको नाममा सामुदायिक विद्यालयको शैक्षिक वातावरण अझ ध्वस्त बनाउने प्रयास भएको आरोप लगाइएको छ ।

शिक्षा समितिले गरेको सरुवा सिफारिस न्यायोचित नभएकाले निर्णय खारेज नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनीसमेत सङ्घर्ष समितिले दिएका छन् । यता लहान नगरपालिकाको शिक्षा संयोजक राजकुमार साहले सरुवाको निर्णय सबैको सल्लाह र सुझावकै आधारमा भएको दाबी गर्दै नगरपालिकाले ऐन बनाएरै सरुवाको निर्णय लिएको बताउनुभयो । सरुवाको निर्णयबाट कुनै शिक्षकलाई अप्ठ्यारो परेमा त्यसमा केही सुधार गर्न सकिने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सन्धि-सम्झौताअनुसार कानुन निर्माणमा ढिलाइ हुँदैन : मन्त्री गौतम
२०८३ असोज ६, मंगलबार
जेन्जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने
२०८३ असोज ६, मंगलबार
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान, यस्तो छ न्युयोर्कको कार्यतालिका
२०८३ असोज ६, मंगलबार
काँग्रेसमा गगनको विकल्प छैन : उपसभापति भुसाल
२०८३ असोज ६, मंगलबार
उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
२०८३ असोज ६, मंगलबार
भरत दाहाललाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्चकाे आदेश
२०८३ असोज ६, मंगलबार
लुम्बिनी प्रदेशकी सांसद काफ्लेलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
२०८३ असोज ६, मंगलबार