काठमाण्डौंः पछिल्लो २४ घण्टामा काठमाण्डौं उपत्यकामा १ सय २ जनामा (कोभिड–१९) कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रामशाहपथ स्थित मन्त्रालयमा आयोजित गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले पछिल्लो अपडेट अनुसार उपत्यकामा कोरोना संक्रमित हुनेकाे संख्या १ सय २ जना रहेको बताएका छन् ।
काठमाण्डौं जिल्लामा मात्र ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी ललितपुरमा १० र भक्तपुरमा ४ जनामा संक्रमण पुष्टि भएको छ ।
प्रवक्ता गौतमका अनुसार देशभर लक्षण भएका संक्रमितको संख्या बढ्दै गएको बताएका छन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया