असार २८, २०८२ शनिबार July 12, 2025

विराटनगरमा कोरोना सङ्क्रमणवाट थप एकको ज्यान गयो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः विराटनगरमा एक जना सङक्रमितको आज मृत्यु भएको छ ।

कोशी अस्पताल विराटनगरमा उपचारका लागि ल्याएकामा जाँच गर्दा मृत्यु भइसकेका ५८ वर्षीय वृद्धको स्वाब परीक्षण गर्दा पोजेटिभ आएको मेडिकल सुपरिटेण्डेन्ट डा.चुमनलाल दासले बताउनुभयो ।

विराटनगर–९ निवासी मृतक विगत एक हप्तादेखि ज्वरो, खोकी र श्वासप्रश्वासको समस्याबाट पीडितलाई विराटनगरकै एक निजी अस्पतालले आज पठाएका मृतकको शव व्यवस्थापनाको लागि आवश्यक प्रक्रिया शुरु गरिएको मेसु डा दासले बताउनुभयो ।

विराटनगरमा कोरोना सङ्क्रमणबाट आजसम्म तीन जनाको मृत्यु भएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया