काठमाडौं । जारी पीएम कप अन्तर्गत त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार सिद्धार्थनगर रंगशालामा सम्पन्न खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ११८ रनको लक्ष्य पछाएको आर्मीले २३.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।
आर्मीको जितमा सन्तोष कार्कीले ५५ रन बनाएका थिए। सन्तोषले लगातार दोस्रो खेलमा अर्धशतक बनाएका छन्। उनले पहिलो खेलमा बागमतीविरुद्ध ७६ रन बनाएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४५.३ ओभरमा अल आउट हुदै ११७ रन बनाएको थियो। सुदूरपश्चिमका लागि निश्चल बोहोराले ४९ रन बनाएका थिए। त्यस्तै आर्मीका बलर शहाब आलमले ४ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट लिएका थिए।
यो जितपछि आर्मीको २ खेलमा ४ अंक भएको छ भने सुदूरपश्चिमको ३ खेलमा एक जित र २ हारसहित २ अंक रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया