चैत्र १२, २०८१ मंगलबार March 25, 2025

चार देशीय सिरिजमा आज नेपालले युगाण्डाको सामाना गर्ने

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपालले आज जारी चार देशीय सिरिज अन्तर्गत आयोजक युगाण्डाको सामना गर्दै छ ।

नेपाली समय अनुसार यो खेल अपराहन्न ४: ४५ बजेदेखि शुरु हुने छ । यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यस अघि नामिबियासँग दुवै पटक र हङकङसँग एक पटक हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो ।

यो खेलपछि अब नेपालले मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।

त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया