बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

कोशी प्रदेश प्रमुख खापुङद्वारा पाँच वटा विधेयक प्रमाणीकरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले विभिन्न ५ वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

कोशी प्रदेश सभाबाट पारित भई आएका विधेयक उनले नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम बिहीबार प्रमाणीकरण गरेका हुन् ।

प्रदेश प्रमुख खापुङले प्रदेश जीवनाशक विषादी व्यवस्था गर्न बनेको विधेयक-२०८१, प्रदेश बीउबिजनसम्बन्धि व्यवस्था गर्न बनेको विधेयक-२०८१, केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश-२०८१ लाई प्रतिस्थापन गर्न बनेको विधेयक-२०८१ , प्रदेश भवन ऐन-२०७६ लाई संशोधन गर्न बनेको विधेयक-२०८१ र कोशी प्रदेश प्रदेश वातावरण संरक्षण ऐन-२०७६ लाई संशोधन गर्न बनेको विधेयक-२०८१ प्रमाणित गरेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया