बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

पिएम कपमा आज दुईवटा खेल हुदै

देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौँ, ०२ चैत । जारी पीएम कपमा आज दुई खेल हुदै छन् ।

आज नेपाल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुदै छ । देउखुरी क्रिकेट स्टेडियममा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुदै छ । जारी प्रतियोगितामा नेपाल पुलिस क्लबले ३ खेलमा तिनै खेल जितेर ६ अंक हासिल गरेको छ भने मधेस प्रदेशले खेलेका २ खेलमा एक जित र एक हार बेहोरेको छ ।

त्यस्तै आज अर्को खेल त्रिभुवन आर्मी क्लब र कोशी प्रदेशबीच हुदै छ । सिद्धार्थनगर रंगशालामा हुने यो खेल बिहान ९ बजेदेखि शुरु हुने छ । जारी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तिनै खेलमा जित हासिल गरेर शिर्ष स्थानमा रहेको छ भने कोशी प्रदेशले आफ्ना तिनै खेलमा हार बेहोरेर पुछारमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया