बैसाख १२, २०८२ शुक्रबार April 25, 2025

साउदी प्रो लिगमा अल नासर ३-१ गोल अन्तरले विजयी

अल खोलूउदमाथि अल नासरको शानदार जित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अल नासरले अल खोलूउदलाई पराजित गरेको छ । गएराती सम्पन्न साउदी प्रो लिग अन्तर्गतको खेलमा अल नासर ३-१ गोल अन्तरले विजयी भएको हो ।

अल नासरको जितमा क्रिस्टियानो रोनाल्डो, साडियो माने र जोन दुरानले एक एक ग्ल गरेका थिए । त्यस्तै अल खोलूदका कागी अल नासरका अलि लाजामीले आत्मघाती गोल गरेका थिए ।

यस खेलमा नवाफ बोउशलले खेलको ५६औं मिनेटमा रातो कार्ड पाउदा अल नासर १० खेलाडीमा सिमित भएको थियो ।

यो जितपछि अल नासरको २५ खेलमा ५१ अंक भएको छ र लिगमा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै अल खोलूदको २५ खेलमा ३१ अंक रहेको छ र लिगमा दशौँ स्थानमा रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया