मंग्सिर १८, २०८२ बिहिबार December 4, 2025

चैत महिनामा तपाँईको राशिफल कस्तो रहला

मिथुनलाई चैत महिना उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मेष राशि :

मध्यम फलदायी महिना रहेको छ ।  कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । शारीरिक आरोग्यता अनुकूल रहने छ । आर्थिक पक्षका कामबाट राम्रै लाभ मिल्ने छ । मानसम्मानका साथै पदप्रतिष्ठासमेत बढेर जाने सम्भावना छ । अध्ययन अध्यापनमा राम्रो सफलता मिल्ने छ । महिनाको पूर्वार्धमा अनावश्यक खर्च बढ्ने देखिए पनि उत्तरार्धमा धनागम, मनोरञ्जनका साथै हर्ष आनन्दका अवसर मिल्ने छन् ।

वृष राशि :

शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । आफन्त एवं पारिवारिक भेटघाटले मन रमाउला । आँटेका काममा सफलता मिल्ने छ । पठनपाठनका साथै धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । पारिवारिक सुख अनुकूल रहला । विविध वस्त्र एवं उपहारहरूको लाभ  हुने छ । महिनाको पूर्वार्धमा आँटेका काममा सफलता मिल्ने छ भने उत्तरार्धमा अनावश्यक खर्च बढ्नुका साथै व्यर्थ परिश्रम पर्ने देखिन्छ ।

मिथुन राशि :

उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाला । विवाद एवं प्रतिस्पर्धामा विजश्री मिल्ने छ । समान्य चोटपटक एवं अस्वस्थताको सम्भावना देखिएकाले यात्रा एवं वाहन चलाउँदा विशेष सतर्कता अपनाउनुपर्ने छ । आर्थिक पक्षका कामबाट राम्रो सफलता मिल्ने छ । साथीभाइसँगको रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । महिनाको पूर्वार्धमा धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ने छ भने उत्तरार्धमा आकस्मिक यात्राको सम्भावना रहेको छ ।

कर्कट राशि :

स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ । कार्यव्यस्तता बढेर जानाले अनावश्यक दौडधुप केही ज्यादा नै गर्नुपर्ने देखिन्छ । आँटेका काममा सामान्य बाधाअड्चन आइपर्ने देखिए पनि अन्ततो गत्वा सफलता मिल्ने छ । लेनदेनसम्बन्धी कारोबारमा सावधानी अपनाउनुपर्ने ग्रहयोग रहेको छ  । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । महिनाको पूर्वार्धमा अनावश्यक बाधाअड्चन एवं पारिवारिक चिन्ताले पिरोल्ने देखिए पनि उत्तरार्धमा धनागम, मनोरञ्जन एवं पारिवारिक सुख सन्तोषजनक रहला ।

सिंह राशि :

यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । सामान्य अस्वस्थताको सम्भावना देखिन्छ । पारिवारिक खर्चको मात्रा बढेर जाने छ । अनावश्यक दौडधुप एवं परिश्रम केही बढी नै पर्न जाला । पठनपाठनमा मध्यम सफलता प्राप्त होला । सन्तान एवं परिवारको चिन्ता केही बढ्ने छ । साथीसङ्गतमा विचार पुर्‍याउनु पर्ला । महिनाको पूर्वार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिले पनि  उत्तरार्धमा सामान्य बाधाअड्चन आइपर्नुका साथै घरायसी चिन्ताले सताउने छ  ।

कन्या राशि :

अध्ययन अध्यापनमा लागेको अभिरुचि यथावत् रहने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहला । धार्मिक एवं सामाजिक कार्यमा मन लाग्ने छ । कर्मचारी वर्गका लागि पदोन्नतिको सम्भावना देखिन्छ । आर्थिक पक्षका काममा मध्यम सफलता प्राप्त होला । दाम्पत्य सम्बन्धमा सामान्य खटपट पर्न जाने देखिन्छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । महिनाको उत्तरार्धमा मनोरञ्जन एवं धनागमका अवसर मिल्ने छन् ।

तुला राशि :

शारीरिक आरोग्यताका अनुकूल रहने छ ।  रोकिएका काम क्रमशः बन्दै जाने छन् । दाम्पत्य सम्बन्धमा सामान्य मनमुटावको स्थिति देखा पर्ला । पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना देखिन्छ । आफन्त एवं प्रियजनसँगको भेटघाटले मन रमाउने छ । महिनाको पूर्वार्धमा अनावश्यक खर्चको मात्रा बढेर गए पनि उत्तरार्धमा धनागमका अवसर मिल्ने छन् । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै बेस होला ।

वृश्चिक राशि :

कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । उच्च मनोबलका साथै कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जाने छ । रमाइलो ठाउँको यात्रा, पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन् । दाम्पत्य सम्बन्धमा भने सामान्य खटपट पर्न जाने सम्भावना देखिन्छ । अध्ययन अध्यापनमा मन्द प्रगति होला । धार्मिक कार्यका साथै सामाजिक कार्यमा समेत अभिरुचि लाग्ने छ । सामान्य अस्वस्थताको सम्भावना रहेकाले खानपानमा विचार पुर्‍याउनुपर्ने देखिन्छ ।

धनु राशि :

पारिवारिक  चिन्ताले पिरोल्ने छ । घरायसी खर्चको मात्रा बढेर जाने छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनुपर्ने देखिन्छ ।  स्वास्थ्यमा क्रमशः सुधारको योग रहेको छ । महिनाको पूर्वार्धमा धनागमको योग रहे पनि उत्तरार्धमा सामान्य अस्वस्थताका साथै खर्च वृद्धिको सम्भावना देखिन्छ ।

मकर राशि :

सफलताको महिना रहेको छ । उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य प्रगति भएर जाने छ । शारीरिक आरोग्यता अनुकूल रहला । पठनपाठनमा  सफलताको योग रहेको छ । घरायसी एवं मनोञ्जनको क्षेत्रमा खर्च गराउला । सामान्य चोटपटकको योग रहेकाले यात्रा एवं वाहन चलाउँदा विशेष सावधानी अपनाउनुपर्ने देखिन्छ । युवामा मनोरञ्जन एवं प्रेमका अवसर मिल्ने छन् ।  धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्ने छ । महिनाको पूर्वार्धमा हर्ष आनन्दका अवसर मिले पनि  उत्तरार्धमा ढिलासुस्ती एवं बाधाअड्चन देखा पर्ने छन् ।

कुम्भ राशि :

आर्थिक हानिनोक्सानीको योग रहेकाले लेनदेनसम्बन्धी कारोबारमा सतर्कता अपनाउनु पर्ला । धर्मकर्मका साथै सामाजिक कार्यमा अभिरुचि बढेर जाने छ । पठनपाठनमा भने अनावश्यक बाधाअड्चन आइपर्ने छन् । शारीरिक आरोग्यता अनुकूल रहला । अनावश्यक खर्च केही बढेर जाने देखिन्छ । आँखा तथा पेटसम्बन्धी समस्या देखा पर्ने छ । महिनाको उत्तरार्धमा धनागम, रमाइलो भ्रमणका साथै पारिवारिक भेटघाटको अवसर मिल्ने छ ।

मीन राशि :

गर्न आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्नाले दिग्दारी गराउने देखिन्छ ।  खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको सामना गर्नु पर्ला । सामान्य शारीरिक आलस्यता एवं अस्वस्थताको समेत सम्भावना रहेको छ । यात्रा एवं सवारी चलाउँदा विशेष सावधानी अपनाउनु पर्ला । व्यर्थको विवादमा पार्ने योग रहेकाले बोलीचालीमा विचार पुर्‍याउनुपर्ने छ । पठनपाठनमा गहिरो अभिरुचि लाग्ने छ । कार्यव्यस्तता बढेर जानुका साथै आकस्मिक यात्राको समेत सम्भावना रहेको छ  ।   – युवामञ्च

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पूर्वाञ्चल विश्वविद्यालयको डिन कार्यालयमा काँग्रेस कार्यकर्ताद्वारा तालाबन्दी
२०८२ मंग्सिर १८, बिहिबार
महिला भलिबल प्रतियोगिता : एपिएफ र पुलिस विजयी
२०८२ मंग्सिर १८, बिहिबार
रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
सुदूरपश्चिम रोयल्स लगातार छैटौँ जितसहित क्वालिफायरमा
२०८२ मंग्सिर १८, बिहिबार
प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान
२०८२ मंग्सिर १८, बिहिबार
एनपिएलमा पहिलो ‘ह्याट्रिक’ लिने ‘बलर’ बने शाहब
२०८२ मंग्सिर १८, बिहिबार
कांग्रेसद्वारा महाधिवेशनका सम्बन्धमा अन्तरक्रिया
२०८२ मंग्सिर १८, बिहिबार