कार्तिक २५, २०८३ बुधबार November 11, 2026

घरेलु उद्योग प्रवर्द्धनका गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

तराई, पहाड र हिमालमा कार्यरत कर्मचारीलाई उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

मोरङ। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घरेलु उद्योगका कपडाको प्रवर्द्धन गर्न तथा प्रदेशमा कार्यरत निजामती कर्मचारीले घरेलुका कपडा लगाउने व्यवस्थाका निम्ति नीति निर्माण गरिने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेश र महिला उद्यमी विकास समिति प्रदेश समितिद्वारा संयुक्त रुपमा विराटनगरमा आयोजित तीनदिने ढाका महोत्सवको उद्घाटन गर्दै तराई, पहाड र हिमालमा कार्यरत कर्मचारीलाई उपयुक्त हुने कपडा घरेलु उद्योगले उत्पादन गर्नुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशका विभिन्न पालिकामा रहेका सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई घरेलुका उत्पादन प्रयोग गर्न अनुदानको व्यवस्था गर्नसकिने बताउनुभयो । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले ढाकाको बजारीकरणमा जोड दिनुभयो ।

पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, सामाजिक विकास मन्त्रालयका सचिव हेमराज तामाङ, मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले ढाका कपडा उद्योगको प्रवद्र्धन र बजारीकरणका लागि निजी क्षेत्रसँगको सहकार्य आवश्यक छ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ कोशीका अध्यक्ष राजेन्द्र राउत, महिला उद्यमी महासङ्घकी प्रदेश अध्यक्ष कमला श्रेष्ठ, उद्योग सङ्गठन मोरङका अध्यक्ष राकेश सुराना, महिला उद्यमी एवं कार्यक्रम संयोजक सरु केसीले ढाका उद्योगलाई कच्चा पदार्थ खरिद गर्न अनुदान दिइनुपर्ने माग गर्नुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इरानको निशानामा अमेरिकी अर्थमन्त्री, सुरक्षाका लागि सैनिक बेसमा आश्रय
२०८३ कार्तिक २५, बुधबार
जलवायु वित्त परिचालनको प्रक्रिया सरल र अनुमानयोग्य हुनुपर्छः परराष्ट्रमन्त्री खनाल (अन्तवार्ता)
२०८३ कार्तिक २५, बुधबार
विश्वकप तयारीमा नेपाली यू–१९ महिला टोली, भारतसँग टी–२० शृङ्खला खेल्ने
२०८३ कार्तिक २५, बुधबार
Minister Wagle wants special financial package for vulnerable countries
२०८३ कार्तिक २५, बुधबार
विश्वासको मत लिन मधेसका मुख्यमन्त्री यादवले बोलाए प्रदेशसभा बैठक
२०८३ कार्तिक २५, बुधबार
रुसका लागि जासुसी गरेको आरोपमा बेलायतमा अमेरिकी सैनिक पक्राउ
२०८३ कार्तिक २५, बुधबार
CM Yadav to seek vote of confidence on November 14
२०८३ कार्तिक २५, बुधबार