मंग्सिर २४, २०८२ बुधबार December 10, 2025

गुल्मी कांग्रेसको तेस्रो जिल्ला सम्मेलन चैत २६ र २७ गते हुने

सम्मेलनको बन्द सत्र २७ गते एभरग्रीन पार्टी प्यालेस र इन्द्रेणी पार्टी प्यालेसमा गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, चैत ८ गते । नेपाली कांग्रेस गुल्मीको तेस्रो जिल्ला सम्मेलन हुने भएको छ । कांग्रेस गुल्मीले यस जिल्लाका वडा, पालिका, प्रदेश सभा क्षेत्र र प्रतिनिधिसभा क्षेत्रमा सम्मेलन सम्पन्न गरेसंगै तेस्रो जिल्ला सम्मेलनको तयारीमा लागेको सभापति खिलध्वज पन्थीले जानकारी दिनुभयो ।

सभापति पन्थीका अनुसार जिल्ला पार्टी कार्यालय बीपी स्मृति भवनमा बसेको नेपाली कांग्रेस जिल्ला कार्यसमितिको १८ औं बैठकले यही चैत २६ र २७ मा तेस्रो जिल्ला सम्मेलन गर्ने निर्णय भएको हो ।

नेपालमा प्रजातन्त्र पुनःस्थापना भएको दिन “जनआन्दोलन दिवस” को अवसर पारेर चैत २६ गते तेस्रो जिल्ला सम्मेलनको खुला सत्र तम्घासस्थित चिदिचौरमा गरिने भएको छ । त्यसैगरी सम्मेलनको बन्द सत्र २७ गते एभरग्रीन पार्टी प्यालेस र इन्द्रेणी पार्टी प्यालेसमा गरिने उहाँले बताउनुभयो ।

सम्मेलनलाई सभ्य, भव्य र प्रभावकारी बनाउन टोल–टोलबाट कांग्रेसमा आस्थावान आम नेता कार्यकार्तालाई तम्घासमा उतार्ने गरी लागिएको छ । उद्घाटन ९खुला० सत्र र बन्द सत्र गरी दुई चरणमा हुने सम्मेलनका लागि पालिकागत योजना बनाएर सबैलाई तम्घासमा ल्याउन लागिएको कांग्रेस गुल्मीका सचिव भगतसिंह खड्काले बताउनुभयो ।

सम्मेलनका लागि पार्टीका केन्द्रीय पदाधिकारी, प्रदेशका पदाधिकारीसहितका नेता गुल्मी आउने बताइएको छ । सम्मेलनलाई व्यवस्थित बनाउनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको छ । सम्मेलन पार्टीको गम्भीर समीक्षा, आगामी कार्ययोजना चुस्तदुरुस्त बनाउने र पार्टीका सबै सङ्गठनलाई सशक्त क्रियाशील बनाउने विषयमा केन्द्रित रहेको बताइएको छ ।

सम्मेलनको बन्दसत्रमा जिल्लाभरका एक हजार ७४६ क्षेत्रीय प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनको माध्यमबाट वैचारिक छलफललाई सूक्ष्म रुपमा अगाडि बढाउनुका साथै सम्मेलनले गुल्मी कांग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी सुविधा
२०८२ मंग्सिर २४, बुधबार
‘बर्थिङ सेन्टर’ त छ टाढा छ, गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष पाइन्न
२०८२ मंग्सिर २४, बुधबार
नेप्से ७.८६ अंकले ओरालो, कारोबार रकम पनि हल्का घट्यो
२०८२ मंग्सिर २४, बुधबार
एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने
२०८२ मंग्सिर २४, बुधबार
बङ्गलादेशमा सन् २०२५ मा डेङ्गुका कारण चार सयभन्दा बढीको मृत्यु
२०८२ मंग्सिर २४, बुधबार
‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ
२०८२ मंग्सिर २४, बुधबार
भन्सार एजेन्टको आन्दोलनले जाँचपास ठप्प
२०८२ मंग्सिर २४, बुधबार