काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय संयोजन समितिको हालै बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकले महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न संगठनात्मक तयारीका कार्यसूची पनि तय गरेको छ। सोहीअनुसार पार्टी निकट जनवर्गीय संगठनहरूलाई व्यवस्थित गर्न आगामी जेठ मसान्तभित्र संघीय, प्रदेश, पालिका र वडा तहसम्मका संगठनहरूको समायोजन प्रक्रिया सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
यसैगरी, पार्टीको संगठनात्मक संरचना मजबुत बनाउन आगामी कात्तिक १५ गतेभित्र सबै प्रदेशका अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको छ। यसबाट महाधिवेशनअघि नै संगठनलाई पूर्ण रूपमा सक्रिय र एकीकृत बनाउने उद्देश्य रहेको जनाइएको छ।
बैठकबाट भएका निर्णयहरूलाई पार्टीको माथिल्लो निकायबाट अनुमोदन गरिने जनाइएको छ। महाधिवेशनमार्फत पार्टीले आफ्नो राजनीतिक दिशा, संगठनात्मक संरचना तथा आगामी रणनीति तय गर्ने अपेक्षा गरिएको छ, जसलाई पार्टीभित्र महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया