श्रावण ३१, २०८३ आइतबार August 16, 2026

सभामुख अर्यालसँग युरोपेली सङ्घकी राजदूत लोरेन्जोको भेटवार्ता

नेपाल–युरोपेली सङ्घ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसीहितका विविध विषयमा छलफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १९ साउनः प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि युरोपेली सङ्घकी राजदूत भेरोनिक लोरेन्जोले आज बिदाइ शिष्टाचार भेट गर्नुभएको छ ।

सङ्घीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटमा नेपाल–युरोपेली सङ्घ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसीहितका विविध विषयमा विचार–विमर्श भएको सभामुखको स्वकीय सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली सङ्घको हवाइ सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेकाले यस प्रक्रियामा निरन्तर सहयोग र सकारात्मक समर्थनको अपेक्षा गर्नुभयो ।

नेपाल सरकारले सुशासन, भ्रष्टाचार नियन्त्रण, पारदर्शिता तथा प्रभावकारी सार्वजनिक सेवा प्रवाहलाई प्राथमिकतामा राखी अघि बढिरहेको जनाउँदै उहाँले रोजगारी सिर्जना, पूर्वाधार विकास, आर्थिक वृद्धि तथा प्रतिव्यक्ति आय वृद्धिलाई सरकारका प्रमुख प्राथमिकताका रूपमा अघि बढाइएको बताउनुभयो ।

निकट भविष्यमा युरोपेली सङ्घसँग संसदीयमैत्री समूह गठन गरिने जानकारी दिँदै सभामुख अर्यालले यस्ता मैत्री समूहहरूले संसदीय कूटनीति सुदृढ गर्न र संसदीय सम्बन्धलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान दिने उहाँको विश्वास रहेको छ ।

राजदूत लोरेन्जोले नेपालमा आफ्नो कार्यकालका दौरान नेपाल सरकार, सङ्घीय संसद् तथा नेपाली जनताबाट प्राप्त सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपाल र युरोपेली स्घबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा पनि अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाली कांग्रेसद्वारा पार्टीका सदस्यहरुलाई विपदमा परेकाको उद्धारमा जुटन निर्देशन
२०८३ श्रावण ३१, आइतबार
त्रिविको BIT प्रवेश परीक्षाको नतिजा केही घण्टामै सार्वजनिक
२०८३ श्रावण ३१, आइतबार
बिपी, गणेशमानजस्ता नेतालाई निजीकरण गरी घरभित्र कैद गर्नुहुँदैनः सभापति थापा
२०८३ श्रावण ३१, आइतबार
इरानद्वारा अमेरिकी सैनिक मार्ने वा पक्रने व्यक्तिलाई ३० हजार डलर इनामको घोषणा
२०८३ श्रावण ३१, आइतबार
टप एण्ड टी–२० सिरिज खेल्ने नेपाल ‘ए’ टिमको बिदाइ
२०८३ श्रावण ३१, आइतबार
खोटाङमा स्थानीय तहको सङ्ख्या र सीमा हेरफेरसम्बन्धी छलफल सुरु
२०८३ श्रावण ३१, आइतबार
कांग्रेस संस्थापन इतर पक्षले आयोजना गरेको तीन दिने राष्ट्रिय सम्मेलन सम्पन्न
२०८३ श्रावण ३१, आइतबार