श्रावण १५, २०८३ शुक्रबार July 31, 2026

राष्ट्रियसभाको बैठक आज बस्दै

गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ।सङ्घीय संसद् राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज अपराह्न १ः१५ बजेका लागि तय भएको बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनुहुने कार्यसूची छ ।

यस्तै, शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिनुहुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानसभा सदस्य, प्रतिनिधिसभाका पूर्वसदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।

त्यसैगरी, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक अपराह्न २ः०० बजे बस्दैछ । समितिको बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१’ का सम्बन्धमा छलफल हुने कार्यक्रम छ । समितिको बैठकमा विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनलाई आमन्त्रण गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सुनसरी घटनाः सरकार र पीडित परिवारबीच सातबुँदे सहमति
२०८३ श्रावण १५, शुक्रबार
ब्रोड पिकमा हिमपहिरो, पाँच नेपालीसहित दश आरोही सम्पर्कविहीन
२०८३ श्रावण १५, शुक्रबार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
२०८३ श्रावण १५, शुक्रबार
राजविराजका विभिन्न क्षेत्रमा अनिश्चितकालीन कर्फ्यू
२०८३ श्रावण १५, शुक्रबार
विभिन्न स्थानबाट लागु औषधसहित २५ जना पक्राउ
२०८३ श्रावण १५, शुक्रबार
धार्मिक सद्भाव कायम राख्न प्रहरी आईजीपी दानबहादुर कार्कीको अपिल
२०८३ श्रावण १५, शुक्रबार
सरकारी वार्ता टोली र लघुवित्तपीडित सङ्घर्ष समितिबीच आज पुनः वार्ता
२०८३ श्रावण १५, शुक्रबार