कार्तिक १, २०८३ आइतबार October 18, 2026

प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक बस्दै

लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल गर्ने कार्यसूची

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सङ्घीय संसद, प्रतिनिधिसभा अन्तर्गतका विभिन्न पाँच समितिको बैठक आज अलग-अलग बस्दैछन् । अर्थ समिति, महिला तथा सामाजिक मामिला समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति, राज्य व्यवस्था तथा सुशासन समिति र लेखा समितिको बैठक बस्न लागेको हो ।

नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने प्रस्तावित कार्यसूची रहेको अर्थ समितिको बैठक मध्याह्न १ः०० वजे बस्नेछ भने दिउँसो २ः०० बजेका लागि बस्न लागेको लेखा समितिको बैठकमा समितिमा प्राप्त उजुरीमाथि छलफल हुने सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

यसैगरी, महिला तथा सामाजिक मामिला समितिको आजको बैठकमा साइबर सुरक्षा तथा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कार्यविधि मस्यौदा तर्जुमा उपसमितिको प्रतिवेदन तथा नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३ उपर सैद्धान्तिक र दफावार छलफल हुने छ ।

यसैगरी, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक २०८१ माथि छलफल हुने सम्भावित कार्यसूची रहेको छ । ती समितिको बैठक बिहान ११ः०० बजे बस्नेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध लुम्बिनीमा विरोध, निर्णय सच्याउन महाअभियानको माग
२०८३ कार्तिक १, आइतबार
नौ क्विन्टलभन्दा बढी गाँजासहित चार जना पक्राउ
२०८३ कार्तिक १, आइतबार
‘चौथो उपाध्यक्ष कप भलिबल प्रतियोगिता’को उपाधि रतचुरालाई
२०८३ कार्तिक १, आइतबार
दसैँ बिदामा पनि चितवन मेडिकल कलेजमा विशेषज्ञ सेवा पाइने
२०८३ कार्तिक १, आइतबार
सर्वोच्च अदालतको २० बुँदे निर्देशन : सेवाग्राहीलाई एक घण्टाभित्र तारेख र नक्कल दिनुपर्ने
२०८३ कार्तिक १, आइतबार
राज्यको बेवास्तामा म्युजिक भिडियो र लघुचलचित्र
२०८३ कार्तिक १, आइतबार
Nepal Telecom is official partner of NPL-3
२०८३ कार्तिक १, आइतबार