श्रावण १७, २०८३ आइतबार August 2, 2026

मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब

मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध एमाले सांसदले दलको नेताबाट हटाउने प्रयास सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेकपा एमाले कोशी प्रदेशमा मुख्यमन्त्री मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई पदबाट राजीनामा दिन दबाब दिएपछि नेकपा एमालेभित्र पुनः नेतृत्व चयनबारे बहस चर्किएको छ । शनिबार एमाले कोशी प्रदेशका इन्चार्ज तथा केन्द्रीय सचिव शेरधन राईले कार्कीसँग भेट गरेर राजीनामा दिन आग्रह गरेका हुन् । मुख्यमन्त्री कार्कीले भने पार्टीको आधिकारिक धारणा सार्वजनिक भएपछि मात्र आफुले निर्णय लिने अडान कायम राखेका छन् ।

मुख्यमन्त्री कार्कीले संविधानको धारा १६८ (५) बमोजिम नियुक्त भएकाले राजीनामा दिन आफु तयार नभएको अडान दोहो¥याएका हुन् । आफू विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने उनले बताएको स्रोतको दाबी छ ।

नयाँ सरकार गठनका लागि सक्रिय बनेसँगै राइले प्रदेश सांसदहरूसँग छलफल गरेका थिए । कोशीमा नयाँ सरकार गठन बारे नयाँ समाचार सार्वजनिक हुने राईको दाबी छ । एमाले अध्यक्ष ओलीको निर्देशन नमान्दा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीविरुद्ध एमाले सांसदले दलको नेताबाट हटाउने प्रयास सुरु गरेका छन् । मुख्यमन्त्री कार्कीलाई दलको नेताबाट हटाउन संसदीय दलको विधानमा दुई तिहाइ बहुमत आवश्यक पर्ने व्यवस्था छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न पूर्वराष्ट्रपति भण्डारीको आह्वान
२०८३ श्रावण १७, आइतबार
पर्यटक बोकेको विमान दुर्घटनाग्रस्त हुँदा १३ जनाको मृत्यु
२०८३ श्रावण १७, आइतबार
सय बढी नक्कली उत्पादन बरामद
२०८३ श्रावण १७, आइतबार
मुख्यमन्त्री कार्कीलाइ राजीनामा दिन शेरधन राईको दबाब
२०८३ श्रावण १७, आइतबार
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हट्यो, निषेधाज्ञा जारी
२०८३ श्रावण १७, आइतबार
किसान आन्दोलनको ऐतिहासिक योगदानलाई निरन्तरता दिन ओलीको आह्वान
२०८३ श्रावण १७, आइतबार
भेरी अस्पतालमा एचआईभी उपचार सेवा प्रभावकारी, ६५७ जना नियमित एआरटीमा
२०८३ श्रावण १७, आइतबार