बैसाख ९, २०८२ मंगलबार April 22, 2025

राप्रपा नेपालका प्रवक्ता बसन्तमान सिंह अधिकारीको उपचारका क्रममा निधन

पार्टीले केन्द्रिय कार्यालयका साथै देशभरका कार्यालयहरुमा ३ दिन झन्डा झुकाउने र १३ औं दिनमा शोक सभा आयोजना गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ। राप्रपा नेपालका प्रबक्ता बसन्तमान सिंह अधिकारिको उपचारको क्रममा संयुक्त अधिराज्य अमेरिकामा असामयिक निधन भएको छ ।

प्रखर राष्ट्रबादी ब्यक्तित्व अधिकारीको निधनले सिङ्गो पार्टी र राष्ट्रबादी आन्दोलनलाई अपुरणिय क्षती पुगेको छ । एक असल, भद्र तथा इमानदार ब्यक्तित्वको परिचय स्थापित गर्नुभएका अधिकारिको जन्म २०१३ सालमा संखुवासभा जिल्लामा भएको थियो। उहाँको एक छोरा, एक छोरी र श्रीमती हुनुहुन्छ ।

उहाँको निधनमा दुख प्रकट गर्दै पार्टीले केन्द्रिय कार्यालयका साथै देशभरका कार्यालयहरुमा ३ दिन झन्डा झुकाउने र १३ औं दिनमा शोक सभा आयोजना गर्ने निर्णय गरेको छ ।

स्वर्गीय अधिकारिको पार्थिब शरिरको अन्त्येष्टि संयुक्त अधिराज्य अमेरिकामै गरिनेछ । यस दुःखद् घडिमा स्वर्गीय अधिकारीप्रती भाबपुर्ण श्रद्धा सुमन ब्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समबेदना प्रकट गर्दछौ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया