मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

प्रधानमन्त्री कप क्रिकेटमा आर्मी, एपीएफ र सुदूरपश्चिम विजयी

प्रतियोगितामा आर्मीको यो आठ खेलमा सातौँ जीत हो भने लुम्बिनीका आठ खेलमा चौथो हार हो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा आज भएका खेलमा त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब र सुदूरपश्चिम प्रदेश विजयी भएका छन् ।

रुपन्देहीको सिद्धार्थ रङ्गशालामा भएको खेलमा आर्मीले लुम्बिनी प्रदेशलाई १ सय ३१ रनले हरायो । आर्मीले दिएको २ सय ४४ रनको लक्ष्य पछ्याएको लुम्बिनी २७ ओभर १ बलमा १ सय १२ रनमा अलआउट भयो । लुम्बिनीका कप्तान देव खनालले सबैभन्दा धेरै ३७ रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ गरेको आर्मीले ४९ ओभर २ बलमा २ सय ४३ रन बनाउँदा सबै विकेट गुमायो । आर्मीका बसिर अहमदले ८६ रन बनाए । लुम्बिनीका अजय चौहानले ४ विकेट लिए । प्रतियोगितामा आर्मीको यो आठ खेलमा सातौँ जीत हो भने लुम्बिनीका आठ खेलमा चौथो हार हो ।

यस्तै रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भएको खेलमा एपीएफले गण्डकी प्रदेशलाई ३१ रनले हरायो । एपीएफले दिएको २ सय ५९ रनको लक्ष्य पछ्याएको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन मात्रै बनाउन सक्यो । गण्डकीका अर्जुन कुमालले सबैभन्दा धेरै ३९ रन बनाए । एपीएफका अभिषेक गौतमले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफले ४९ ओभर २ बलमा २ सय ५८ रन बनाउँदा सबै विकेट गुमायो । एपीएफका आरिफ शेखले ८० रन बनाए । गण्डकीका सन्दीप पराजुली र सुदीप अर्यालले ३र३ विकेट लिए । प्रतियोगितामा एपीएफको सात खेलमा पाँचौँ जीत हो भने गण्डकीको आठ खेलमा सातौँ हार हो ।

यस्तै दाङको देउखुरी रङ्गशालामा भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई ३१ रनले हरायो । सुदूरपश्चिमले दिएको २ सय ४३ रनको लक्ष्य पछ्याएको कोशी ४५ ओभर १ बलमा २ सय ११ रनमा अलआउट भयो । कोशीका शकिब हकले सबैभन्दा धेरै ६२ रन बनाए । सुदूरपश्चिमका सौर्य श्रेष्ठले ३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङको गरेको सुदूरपश्चिमले किरण ठगुन्नाको कीर्तिमानी शतकमा २ सय ४२ रन बनायो । कोशीका ज्ञानेन्द्र श्रेष्ठले ४ विकेट लिए । प्रतियोगितामा सुदूरपश्चिमको यो आठ खेलमा तेस्रो जीत हो भने कोशीको आठ खेलमा सातौँ हार हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार