बैसाख २६, २०८३ शनिबार May 9, 2026

कोरोना भाइरसको जोखिमका कारण पाटनको कृष्णमन्दिर नखुल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमण्डाैंः दिनदिनै उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएका कारण यस वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन पाटनको कृष्णमन्दिर नखुल्ने भएको छ । मन्दिर दर्शनका लागि खोल्दा भक्तजनहरुको बाक्लो उपस्थिति भई संक्रमण सर्ने खतरा भएकाले मनिदर नखोल्ने भएको पाटनस्थित मंगल टोल सुधार समितिले जनाएको छ ।

समितिसँगै ललितपुर महानगरपालिकाले पनि संक्रमणको जोखीम रहेको भन्दै पाटन दरबार स्क्वायर क्षेत्रमा रहेको ढुंगैढुंगाले बनेको कलात्मक कृष्ण मन्दिर नखोल्ने बताएको हो ।

ललितपुर महानगरपालिका र मंगल टोल सुधार समितिले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै मन्दिर बन्द रहने जानकारी दिएका हुन् । हरेक वर्ष भव्य रुपमा मनाइने श्रीकृष्ण जन्माष्टमी यो वर्ष मंगलबार परेको छ । ‘श्रीकृष्ण जन्माष्टमीको पावन दिनमा सम्पूर्ण भक्तजनहरुलाई आफ्नै घरमा भगवान् श्रीकृष्णको पूजा अर्चना गरी परम्परालाई निरन्तरता दिन हुन अनुरोध गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

सिद्धिनरसिंह मल्लका पालामा बनेको सो मन्दिर ०७२ सालको भूकम्पमा परी आंशिक क्षति भएको थियो । मन्दिरमा क्षती पुग्दा ०७३ र ०७४ को कृष्णजन्माष्टमीमा मन्दिर घुम्न र बाहीरैबाट परिक्रमा गर्ने मात्र ब्यवस्था मिलाइएको थियो । २ वर्ष अघिदेखी मात्र मन्दिर भित्र दर्शन गर्ने ब्यवस्था मिलाइएको थियो । तर फेरी यसपाली कोरोना भाइरसले गर्दा मन्दिरमा मूल पूजा बाहेक सर्बसाधारणले भित्र प्रवेश गर्न पाउदैनन् ।

महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा कृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंह मल्लले खन्न लगाउँदा जमिनमुनि कृष्णको मन्दिर फेला परेको किम्बदन्ति छ । त्यसपछि तल कृष्ण र माथि शिवको मन्दिर स्थापना गरिएको अघिल्ला पुजारी विष्णुधर राजोपाध्यायले बताए ।

विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार क्षेत्रमा रहेका स्मारकमध्ये कृष्ण मन्दिरलाई महत्वपूर्ण मानिन्छ । तीन तले शिखर शैलीको उत्कृष्ट नमूनाका रूपमा मानिएको मन्दिरमा २१ गजुर रहेका छन् । १७औँ शताब्दीमा पाटनका राजा सिद्धिनरसिंह मल्लले यो मन्दिरको निर्माण गर्न लगाएर कृष्ण लीलामा आधारित कात्तिक नाच चलाएका थिए । ३ मध्ये मध्य तलामा कृष्णको मूर्ति रहेको छ । मूर्तिको वरिपरि भगवान बिष्णुका १० अवतार छन् । मन्दिरका वरिपरिका थामहरुमा विभिन्न देवी–देवताको मूर्ति पनि कुँदिएको छ ।

पाटन र चापागाउँमा कृष्ण यात्रा नहुने

ललितपुरको पाटनमा बुधबार हुने कृष्ण यात्रा पनि कोरोना सक्रमितको संख्या बढ्दै र्गएको भन्दै स्थगित गरिएको छ । कृष्ण जन्माष्टमीका भोलीपल्ट कृषण यात्रा गरिने चलन छ । यसपाली भने यात्रा नहुने मंगल टोल सुधार समितिका अध्यक्ष किरण मान प्रधानले जानकारी दिए ।

गोदारी नगरपालिका वडा नम्बर ११ मा रहेको कृष्ण मनिदरमा सामाजिक दुरी कायम गरेर मंगलबार दर्शनको ब्यवस्था मिलाइएको श्रीकृष्ण जन्माष्टमी जात्रा मूल समारोह समितीका सचिव उमेश कायस्थले जानकारी दिए । तर कृष्ण अष्टमीको भोलीपल्ट बुधबार गर्ने भनिएको कृष्ण यात्रा भने स्थगित गरिएको उनले बताए ।

अघिल्ला वर्षहरुमा भगवान कृष्णलाई मन्दिरबाट निकालेर खटमा राखी चापागाउँबाट झ्यालीपाटी, बज्रबाराही हुँदै बुलु, प्याङगाउँसम्म घुमाई फेरी चापागाउँकै मन्दिरमा लगेर राख्ने चलन छ । राती भगवान कृष्ण जन्मेको मानेपछि यात्रा गर्ने चलन रही आएको छ । यस्तै बिहीबार हुने भनिएको भिमसेन जात्रा पनि नहुने भएको छ । भीमसेनको मन्दिरमा सामाजिक दुरी कायम गरी दर्शन गर्ने व्यवस्था भने मिलाइएको छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
‘सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनप्रति नेपाल प्रतिबद्ध छ’
२०८३ बैसाख २६, शनिबार
दूरसञ्चार प्राधिकरण तथा सुरक्षण मुद्रण केन्द्रमा आवेदन आह्वान
२०८३ बैसाख २६, शनिबार
वरिष्ठ नागरिकको ज्ञान र सीपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्छः राष्ट्रपति पौडेल
२०८३ बैसाख २६, शनिबार
रास्वपा सांसदको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि सुरु
२०८३ बैसाख २६, शनिबार
निलगिरिमा सेनाको खोज तथा उद्धार अभ्यास सम्पन्न
२०८३ बैसाख २६, शनिबार
होर्मुज जलसन्धि क्षेत्रमा अमेरिकी–इरान टकराव तीव्र, सुरक्षा अवस्था झनै संवेदनशील
२०८३ बैसाख २६, शनिबार
सहज हुँदै भैरहवा नाकाको भन्सार प्रक्रिया
२०८३ बैसाख २६, शनिबार