श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सामसुङको कर्ड माइष्ट्रो रेफ्रिजेनेरेटर नेपालमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः सामसुङले हालै नेपाली बजारमा कर्ड माइष्ट्रो रेफ्रिजेरेटर उपलब्ध गराएको छ । यस रेफ्रिजेरेटर विश्वकै पहिलो रहेको भन्दै कम्पनीले यसले खानेकुरालाई सुरक्षित मात्र नभइ खानेकुरा तयार समेत गर्ने जनाएको छ । यसबाट दैनिक रुपमा आफ्नो आवश्यकता अनुसार दही आफैंले घरैमा बनाउन सकिन्छ ।

विभिन्न परिकारसँगै नेपालका सम्पूर्ण क्षेत्रमा दही एक विशेष परिकारका रुपमा लिइन्छ, र दहीको खपत अधिक रहेको छ । कर्ड माइष्ट्रो सामसुङको एक नयाँ प्रविधि हो । यो प्रविधिले नेपाली समाजमा अत्यावश्यक रहेको दही सहजै निर्माण गर्न सकिन्छ । यसले पाँचदेखि ६ घण्टामा सहजै दही तयार गर्न सक्छ ।

यसमा पाँच घण्टामा पातलो र ६ घण्टामा बाक्लो दही बनाउन सकिने पनि कर्ड माइष्ट्रो रेफ्रिजेरेटर नेपालभरका सामसुङका आधिकारिक बिक्रेताहरु हिम इलेक्ट्रोनिक्स तथा त्रिवेणी व्यापारले जनाएको छ । कम्पनीका अनुसार कर्ड माइष्ट्रोका मोडेलहरु ६३,९९० देखि रु ७८,९९० सम्ममा खरिद गर्न सकिन्छ । कारोवारबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया