श्रावण १४, २०८३ बिहिबार July 30, 2026

श्रावण महिनाको अन्तिम सोमबार – भगवान शिवको पूजा आराधना गरि मनाइँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः श्रावण महिनाको अन्तिम सोमबार आज भगवान शिवको पूजा आराधना गरि मनाइँदैछ । नेपाली हिन्दू नारीहरुले आज भगवान शिवको पूजा आराधना गरी सोमबारे व्रत समापन गर्छन् ।

यस वर्ष विश्व महामारी कोरोना भाईरसका कारण विगतका वर्षजस्तो शिवालयलमा भिडभाड छैन । अधिकांश मन्दिरहरु बन्द हुँदा श्रद्धालु भक्तजनहरुले घर-घरमै पूजा गरी मनाउँदैछन् ।

आजका दिन विगतका वर्षमा  शिवालयहरुमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्थ्यो । साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक पूजाआजा गरी व्रत समाप्त गर्दछन् ।

काठमाडौंको पशुपति, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, पूर्वको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरको सिरेश्वर र कलानेश्वर लगायतका शिवालयहरुमा भक्तजनको घुइँचो लाग्ने गरेको भएपनि यसवर्ष कोरोनाका कारण मन्दिहरुमा भक्तजनहरुको उल्लेख्य सहभागिता छैन ।

साउन महिनालाई वर्षकै पवित्र महिनाको रुपमा लिइन्छ । साउन महिनाको सोमबार शिव पूजनका लागि झनै पवित्र मानिन्छ । विवाहित महिलाहरु पतिको दीर्घायू र अटल शौभाग्य तथा अविवाहित नारीहरु सुयोग्य बर मिलोस् भन्ने कामनाका साथ साउने सोमबारमा शिवको आराधना गर्दछन् । साउन महिनाभर महिलाहरु रातो, पहेंलो र हरियो कपडा तथा चुरापोतेमा सजिने गर्दछन् भने मेहन्दी पनि लगाउने गर्दछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अमेरिका– इरानलाई इस्लामाबाद सम्झौतामा फिर्ता ल्याउने प्रयासमा पाकिस्तान
२०८३ श्रावण १४, बिहिबार
शिक्षकलाई लागुऔषध दुर्व्यसन पहिचानसम्बन्धी तालिम दिइने
२०८३ श्रावण १४, बिहिबार
राष्ट्रपतिद्वारा प्रमुख निर्वाचन आयुक्त र आयुक्त नियुक्त
२०८३ श्रावण १४, बिहिबार
गृहमन्त्री गुरुङ र स्वास्थ्यमन्त्री मेहता सुनसरी जाँदै
२०८३ श्रावण १४, बिहिबार
तीन जनाको ज्यान गएपछि रास्वपा सक्रिय, कोशी–मधेशका सांसदसँग गरे छलफल
२०८३ श्रावण १४, बिहिबार
साम्प्रदायिक तनावबीच पूर्वराजा ज्ञानेन्द्रको सद्भाव अपिल
२०८३ श्रावण १४, बिहिबार
सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय
२०८३ श्रावण १४, बिहिबार