मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

गण्डकीले मधेस प्रदेशलाई सुपर ओभरमा हरायो

पराजित मधेश ७ खेलबाट समान अंकका साथ सातौं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । गण्डकी प्रदेशले सुपर ओभरमा मधेस प्रदेशलाई पराजित गरेको छ।

प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा जारी खेलमा मधेश प्रदेशलाई सुपर ओभरमा गण्डकीले पराजित गरेको हो।

सिद्धार्थ क्रिकेट मैदानमा दुवै टोलीले २४६ रन बनाएपछि खेलको निर्णय सुपर ओभरबाट लिनु परेको हो। प्रधानमन्त्री कपमा यो पहिलो सुपर ओभर हो।

सुपर ओभरमा गण्डकीले प्रस्तुत गरेको २३ रनको लक्ष्य पछ्याएको मधेशले ९ रन मात्रै बनाउ सकेको थियो भने मधेशका लागि रुपेशसिंहले ६ र पवन सराफले तीन रन बनाएका थिए।

त्यसअघि गण्डकीले सुपर ओभरमा २२ रन बनाएको थियो। गण्डकीका लागि अमृत गुरुङले १३ र सुदीप अर्यालले ६ रनको योगदान गरेका थिए।

खेलमा मधेशले प्रस्तुत गरेको २४७ रनको लक्ष्य पछ्याएको गण्डकीले ४९.५ ओभरमा सबै विकेट गुमाउँदै २४६ रन नै बनाए पछि खेल टुंग्याउन सुपर अाेभरमा गएकाे हाे।

जितसँगै ९ खेलमा ४ अंक जोडेको गण्डकी आठौं स्थानमा छ । पराजित मधेश ७ खेलबाट समान अंकका साथ सातौं स्थानमा रहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार
मलेसिया जाने श्रमिकसँग यसरी असुलियो दुई अर्ब
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधनी एकादशी आज, तुलसी विवाह गरी भगवान् विष्णुको पूजा गरिँदै
२०८३ मंग्सिर ४, शुक्रबार
राष्ट्र बैङ्कद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ मंग्सिर ४, शुक्रबार
मौसम पूर्वानुमान : कोशी–मधेशमा बदली, तराई र उपत्यकामा हुस्सु
२०८३ मंग्सिर ४, शुक्रबार