बैसाख ९, २०८२ मंगलबार April 22, 2025

प्रधानमन्त्रीकाे बारेमा गलत डिस्प्ले देखाएकाे भन्दै भरतपुर विद्युतका हाकिममाथी आक्रमण

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

चितवन, १२ चैत । नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठ माथी आक्रमण भएको छ ।

केन्द्रको डिजिटल डिस्प्ले बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा आपत्तिजनक शब्द राखिएको भन्दै अज्ञात समुहले केन्द्र प्रमुख श्रेष्ठमाथी आज बिहान कार्यकक्ष भित्रै आक्रमण गरेको हो ।

आक्रमणबाट कम्प्युटर, टेबल लगायतका सामान फुटेका छन् । १३–१४ जनाको समूहले प्रमुख श्रेष्ठमाथी आक्रमण गरेको विद्युतका कर्मचारीहरुले बताएका छन् । कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गरि घटनाको निन्दा गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया