बैसाख ९, २०८२ मंगलबार April 22, 2025

‘भूमीसम्बन्धी अधिकार प्रदेशलाई दिए समस्या समाधान हुन्छ’ : मुख्यमन्त्री शाह

सङ्घीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कैलाली, १२ चैत । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूमिसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिएमा तीन वर्षभित्र समस्या समाधान हुने बताउनुभएको छ ।

भूमि समस्या सामाधान आयोग कैलालीले आज धनगढीमा आयोजना गरेको आयोगका कामसम्बन्धी स्थानीय तहका पदाधिकारीहरूका लागि अभिमुखीकरणमा उहाँले प्रदेश सरकारलाई भूमिसम्बन्धी अधिकारप्राप्त भएमा यहाँका भूमिसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताउनुभयो ।

मुख्यमन्त्री शाहले एकैठाउँमा अधिकार भएका कारण समस्या भएको उल्लेख गर्दै सङ्घीय सरकारले अधिकारलाई विकेन्द्रीकृत गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सङ्घीयतासँग जोडिएका कानुन तत्काल बन्नुपर्ने र त्यसो भएमा प्रदेश सरकारलाई विविध समस्या समाधान गर्न सहज हुने बताउनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया