फागुण ४, २०८२ सोमबार February 16, 2026

समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरीय शिक्षा आवश्यक : उपप्रधानमन्त्री सिंह

नेपालमा शिक्षाको लहर २००७ सालको क्रान्तिपछि आएको भन्दै अब समयअनुकूलको शिक्षा दिन सक्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली समाजलाई असल बाटोमा डोर्‍याउन गुणस्तरिय शिक्षामा जोड दिनुपर्ने बताएका छन्।

बुधबार नेपाली कांग्रेसको शिक्षा विभागको आयोजनामा शिक्षा नीति बहसअन्तर्गत ‘विद्यालय शिक्षा विधेयक र जनप्रतिनिधि सरोकार’ विषयक विमर्श कार्यक्रम बोल्दै उपप्रधानमन्त्री सिंहले समाजलाई असल बाटोमा डोर्‍याउने जगनै शिक्षा भएको बताए। राम्रो शिक्षा दिन सके समाजमा जिम्मेवार, असल नागरिक उत्पादन हुने उनको भनाई छ। शिक्षाले नै समाजलाई परिवर्तनको बाटो लैजाने सिंहले बताए।

त्यस्तै उनले नेपालमा शिक्षाको लहर २००७ सालको क्रान्तिपछि आएको भन्दै अब समयअनुकूलको शिक्षा दिन सक्नुपर्ने धारणा राखे। अहिले शिक्षाको धेरै अधिकार स्थानीय तहमा रहेको भन्दै शिक्षा विधेयकलाई थप प्रभावकारी बनाउन सरोकारवालाको सुझाव महत्त्वपूर्ण हुने बताए।

कार्यक्रममा नगर प्रमुख र उपप्रमेखले शिक्षा विधेयमाथि पालिकाको धारणा र सुझाव राखेका छन्।

विभागका प्रमुख नैनसिंह महरले स्थानीय तहका प्रमुख, उपप्रमुखले शिक्षा विधेयकमा दिएको सुझाव पार्टीलाई दिँदै शिक्षा विधेयकमा उनीहरूको सुझाव समेट्नका लागि विभागले विमर्श कार्यक्रम आयोजना गरेको बताए। रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया