चैत्र १६, २०८० शुक्रबार March 29, 2024

बिहे गरेको तीन महिनापछि श्रीमान आफ्नै हजुरबुबा भएको थाहा पाएपछि…

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः मानिसको जीवनमा अनेक संयोगहरु हुने गर्छन् । तर कतिपय संयोग यस्ता पनि हुन्छन्, जो मानिसले कल्पनासम्म गरेका हुँदैनन् ।

यस्तै भएको छ, अमेरिकाको फ्लोरिडा बस्ने २४ वर्षीया एक युवती र ७८ वर्षका बृद्धलाई । ७८ वर्षको उमेरमा एकजना धनी बृद्ध व्यक्तिले २४ वर्षीया युवतीसँग विवाह गरे । बिहेपछि दुबैको जीवन सुखद बितेको थियो । तर तीन महिनापछि भने उनीहरुको जीवनमा भूकम्प आयो ।

तीन महिनापछि युवतीलाई थाहा भयो, आफूले श्रीमान मान्दै आएका व्यक्ति त उनका आफ्नै हजुरबुवा पो रहेछन् ।

आफ्नो श्रीमानका पुराना तस्वीरहरुको एल्बम हेर्दा उनको आँखा एउटा तस्वीरमा गयो । उक्त तस्वीरमा उनका बृद्ध श्रीमान र पहिलो श्रीमती र बच्चाहरुको तस्वीर थियो । उनले सोध्दा पहिलो श्रीमतीको बारेमा श्रीमानले बताए । त्यसपछि श्रीमान मानेर बसेको मान्छे त आफ्नै हजुरबुवा पो परेछ भन्ने स्पष्ट भयो । त्यसपछिको अवस्था के भयो होला, हामी कल्पना पनि गर्न सक्दैनौं ।

तर अचम्म, सबै कुरा थाहा पाएर पनि यी युवतीले भने आफ्ना हजुरवुवालाई छोड्न चाहँदिनन् । उनको भनाई छ, ‘हामीबीच राम्रो सम्बन्ध छ । यौनसम्बन्धदेखि सबै कुरा भइसक्यो । अब त्यो नाता अहिले थाहा भएको हो, त्यसैले मैले छोड्न सक्दिन ।’

मेल अनलाईनका अनुसार, बृद्ध व्यक्तिकी पहिलो श्रीमतीले उनलाई छोडेर हिंडेकी थिइन् । निकै खोजतलास गरेर पनि नपाएपछि उनले अर्को विहे गरेका थिए । दोश्रो बिहे पनि टिक्न नसकेपछि उनी त्यसै बसेका थिए ।

यसैबीच उनले लौट्रीबाट निकै बढी पैसा कमाए । त्यसपछि उनलाई फेरी बिहे गर्ने रहर जाग्यो । अनि एउटा डेटिंग एजेन्सीको माध्यमबाट उनले अहिलेको नातीनी नाता परेकी युवतीसँग बिहे गरे । समाचारपत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया