असार २५, २०८२ बुधबार July 9, 2025

‘दलहरुले जनतालाई दिएको आश्वसन पूरा गर्नुपर्छ’: सांसद गुरुङ

सबै दलले जनतालाई दिएको आश्वसन पूरा गर्ने हो भने देश स्वतःअघि बढ्छ, तर त्यस्तो देखिएको छैन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, १४ चैतः प्रतिनिधिसभाको सांसद भएको दुई वर्षभयो । मेरो अनुभवमा प्रतिनिधिसभा सरकार बनाउने र ढाल्ने थलो मात्रै बनेको छ । संसद् राजनीतिक दलको आरोप–प्रत्योरोप गर्ने थलो जस्तै बनेको छ । राजनीतिक खिचातानी गर्ने थलो बनेको छ । एउटा पार्टीले अर्को पार्टीको कमजोरी खोतल्ने मात्रै काम भएको छ । संसद्मा जनताका सवाल अत्यन्त कम उठ्ने गरेका छन् । ती उठेका सवाल पनि सरकारले कार्यान्वयन गरेको देखिँदैन ।

संविधानअनुसार जुन गतिमा कानुन बन्नुपर्ने हो, त्यो गतिमा बन्न सकेको छैन । हाम्रा नेतालाई देश र जनताको भन्दा पनि आफू कसरी सत्तामा पुग्ने भन्ने थलो बनेको छ संसद् । जनताको शिक्षा, स्वास्थ्य रोजगारीको समस्या समाधान गर्नेतर्फ दलको ध्यान नै गएको छैन । खाली एकले अर्कालाई गाली गरेर समय खेर फाल्ने काम भएको छ । प्रतिनिधिसभा भनेको जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने संस्था हो ।

शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्ने महत्वपूर्ण थलो हो यो । हामी सांसद संविधानअनुसार जनताद्वारा प्रत्यक्ष रूपमा निर्वाचित भएर आएका हौँ । तर हामी जनताप्रति उत्तरदायि हुन सकेका छैनौँ जस्तो लाग्छ ।

संविधान संशोधनको विषयलाई धर्मसँग लगेर जोड्न हुँदैन । धर्मलाई स्वतन्त्र छोडिदिनुपर्छ । अहिलेको निर्वाचन प्रणालीबाट कुनैपनि राजनीतिक पार्टीको बहुमत आउँदैन । अर्को, अहिलेको निर्वाचन प्रणाली अत्यन्त महङ्गो र खर्चिलो छ । सामान्य मानिसले निर्वाचन लड्न सक्ने हैसियत राख्दैन । त्यसैले हाम्रो निर्वाचन प्रणालीलाई अलि सरल र सहज बनाउन जरुरी छ । सङ्घीयताको सवालमा पनि संविधान संशोधन गर्नुपर्ने देखिन्छ ।

प्रदेश सरकार अलिक ठूलो भयो कि भन्ने कुरा उठिरेहको छन् । करिब तीन करोड जनसङ्ख्या भएको देशमा यति ठूलो आकारको प्रदेश सरकार थेग्न गाह्रो हुने जस्तो देखिन्छ । त्यो बारेमा अब दलहरुले सोच्नुपर्ने देखिन्छ । आर्थिक भार कम गर्नेगरी प्रदेशलाई गाम्भुपर्छ । सुशासनका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेकाले त्यसतर्फ गम्भीर भई आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । आर्थिक समृद्धि तथा रोगगारीका हिसावले जलस्रोत र पर्यटन क्षेत्रतर्फ राज्यको ध्यान जानुपर्ने देखिन्छ । हामीले हाम्रो देशको स्रोत÷साधनलाई चिन्न सकिरहेका छैनौँ जस्तो लाग्छ । स्वदेशी उत्पादनलाई बढवा दिँदै विदेशी आयातलाई रोक्नुपर्छ ।

देशको अहिलेको समस्या भनेको रोजगारी हो । युवाहरु रोजगारीको लागि विदेश जाने क्रम बढ्दो छ । अर्कोतर्फ देशभित्रै रहेका युवाले पनि भरपर्दाे रोजगारी पाउन सकेका छैनन् । सरकारले जनताको अवस्था फेर्नका लागि राजगारीको सिर्जना गर्नुपर्छ । अहिले देशमा भएका कलकारखाना र उद्योग सबै बन्द भएका छन् । भएका उद्योग पनि धरासाही अवस्थामा छन् । सरकारले रोजगारी सिर्जना गर्नका लागि लगानी बढाउनुपर्छ । पर्यटन व्यवसायबाट पनि हामीले रोजगारी सिर्जना गर्न सक्छौँ । त्यतातिर सरकारको ध्यान जान सकेको छैन । पर्यटन प्रवर्द्धनका लागि यातायातको सुविधा हुन आवश्यक छ । सरकारले लगानी गर्न सक्दैन वा लगानीका लागि स्वदेशी लगानीकर्ता उत्सुक छैनन् भने विदेशी लगानीका लागि आवश्यक वातावरण तयार गरिदिनुपर्दछ । विदेशी लगानीकर्तालाई आकर्षित गर्न खुल्ला नीति तय गरिदिनुपर्दछ । अरु देशसँग किन अनुदान माग्ने ? किन ऋण लिने ? व्यापारको लागि खुल्ला नीति अपनाउनेबारे सरकारले सोच्नुपर्छ । अब विदेशी अनुदानको मात्रै भर परेर हुँदैन । आफूले पनि आम्दानीको स्रोत खोज्नुपर्छ । दलका नेताले राष्ट्रवादी कुरा गरेर मात्रै हँुदैन । अहिले पनि हाम्रा नेपालीहरू ४४ डिग्री तापक्रममा विदेशमा काम गर्न बाध्य छन् ।

दलहरु सबैको फरकफरक विचार हुनु स्वभाविकै हो । तर देश विकासको सवालमा सबै राजनीतिक दल एकै ठाउँमा उभिनुपर्छ । अस्थिर सरकारले विकासलाई गति दिन सक्दैन । स्थिर सरकारका लागि सबै दल मिल्नुपर्छ । चुनावमा दलको आ–आफ्नै एजेण्डा हुन्छन् । तर निर्वाचनपछि देशको अवस्था परिवर्तन गर्ने सवालमा सबै दल एकै ठाउँमा उभिनुपर्ने हो । अहिलेको हाम्रो आवश्यकता भनेको जनताको अवस्था परिवर्तन गर्ने हो । दलहरु आपसमा झगडा गरेर देशको विकास हुँदैन । दलको एउटै उद्देश्य देश विकास गर्ने हुनुपर्छ । सरकारमा नरहेको प्रतिपक्ष दलले पनि सरकारले गरेका राम्रा कामको समर्थन र सम्मान गर्नुपर्दछ । अहिलेको मुलुकको राजतीतिक घटनाक्रमलाई हेर्दा दलहरु मिल्नुको विकल्प छैन । राजनीतिक पार्टीले निर्वाचनमा जनतालाई दिएको बचन विर्सनु भएन ।

सबै दलले जनतालाई दिएको आश्वसन पूरा गर्ने हो भने देश स्वतःअघि बढ्छ, तर त्यस्तो देखिएको छैन । प्रत्येक चुनावमा जनतालाई ढाट्दै गएपछि जनतामा निरासा पैँदा हुन्छ । दलहरुप्रतिको विश्वास गुम्दै जान्छ । सरकारमा रहुञ्जेल मिल्ने, सरकार बाहिर आएपछि त्यही दललाई गाली गरेर मात्र हुँदैन । अहिले त्यही प्रवृति देखापरेको छ । यो हुनु हुँदैन । देश विकासमा लाग्नेभन्दा नेता आपसमा लडेका छन् भन्ने अनुभूति जनतामा पर्न दिन हुँदैन । अहिले देश जुन अवस्थामा छ, त्यो हामी नेताहरुले नै बनाएका हौँ । कोही, कसैलाई दोस दिएर उम्किने स्थिति छैन । विद्यमान शासन व्यवस्था हामीले नै ल्याएको हौँ र अहिलेको अवस्था सिर्जना हुनुमा हामी नै जिम्मेवार छौँ ।

म मनाङबाट निर्वाचित सांसद हुँ । त्यसैले मनाङका जनताप्रति म उत्तरदायी हुनै पर्छ । मनाङ जिल्लो भनेको पर्यटन व्यवसायका लागि अत्यधिक सम्भावना भएको जिल्ला हो । पर्यटकीय क्षेत्रको विकास एवं विस्तार गर्दै जिल्लामा बढीभन्दा बढी पर्यटक भित्¥याउन आवश्यक वातावरण तयार गर्ने काम मेरो हो । अहिले म त्यसैतर्फ सक्रिय छु । मनाङ जिल्लाको बाटोघाटो निर्माणलाई सहज बनाउनका लागि पहल गर्ने मेरो अबको योजना छ । जिल्लावासीको समस्या सुन्ने र त्यहीअनुसार समाधानको बाटो खोज्नेतर्फ मेरो भूमिका हुन्छ । त्यस क्षेत्रका जनताको आवाजलाई संसद्मार्फत सरकारसम्म पु¥याउँदै आएको छु । आगामी दिनमा पनि जनताको आवाजलाई अझै प्रभावकारी ढङ्गबाट सरकारसँग पु¥याउने काम गर्नेछु । जनप्रतिनिधिका हैसियतले कानुन निर्माणमा पनि मेरो सक्रिय भूमिका हुने नै भयो । विशेषगरी निर्वाचनको समयमा मनाङका जनतासामु आफूले गरेको प्रतिबद्धता पूरा गर्नेतर्पm दत्तचित्त भएर लाग्छु । मनाङमा फलफूल र जडीबुटी प्रशस्त उत्पादन हुन्छ । तर, सस्तो र भरपर्दाे यातायातको व्यवस्था नहुँदा जिल्लामा उत्पादित फलफूल र जडीबुटी बजारसम्म पु¥याउन समस्या छ र खर्चिलो पनि । त्यसैले बाटो निर्माणका लागि पनि सक्दो पहल गरिरहेको छु ।

प्रतिनिधिसभाका सांसद् टेकबहादुर गुरुङको परिचय

नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकबहादुर गुरुङ प्रतिनिधिसभाका सांसद हुनुहुन्छ । सांसद गुरुङले २०७९ सालको निर्वाचनमा हिमाली जिल्ला मनाङबाट दुई हजार ५७५ मत प्राप्त गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का पोल्देन छोपाङ गुरुङलाई तीन सय २८ मतले पछि पार्नुभएको थियो । मनाङको ङिस्याङ गाउँपालिकामा २०११ सालमा जन्मनुभएका गुरुङ २०३६ सालमा विशेश्वरप्रसाद कोइरालाबाट कांग्रेसको सदस्यता लिएसँगै सक्रिय राजनीतिमा होमिनुभएको हो । उहाँ २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा पनि नेपाली कांग्रेसको तर्फबाट निर्वाचित हुनुभएको थियो । मनाङ कांग्रेसका नेता गुरुङले २०७० सालमा सुशील कोइरालाको नेतृत्वमा गठित मन्त्रिमण्डलमा श्रम तथा रोजगारमन्त्रीको जिम्मेवारी पूरा गर्नुभएको थियो ।(सांसद गुरुङसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया