असार २५, २०८२ बुधबार July 9, 2025

प्रत्यक्ष निर्वाचित राष्ट्रपति अबको आवश्यकता : पूर्वप्रधानमन्त्री भट्टराई

वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको भनाइ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

देउखुरी (दाङ), १४ चैतः पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा बाबुराम भट्टराईले नेपालको अर्थ राजनीति गम्भीर सङ्कटमा रहेको बताउनुभएको छ ।

आज घोराहीमा आयोजित एक कार्यक्रममा उहाँले ढिलो या छिटो सहमति जुटाएर प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली कायम गर्न सकेमा हाल देखापरेका समस्या समाधान हुने बताउनुभयो ।

संविधानले राजनीतिक अधिकार स्थापित गरेपनि वर्तमान शासकीय स्वरूपले अपेक्षाअनुसार काम गर्न नसक्दा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अबको आवश्यकता रहेको उहाँको भनाइ छ ।

उहाँले प्रत्यक्ष निर्वाचित कार्यकारी भएमा सरकार स्थिर रहने देशमा आर्थिक विकास संस्थागत हुने बताउनुभयो । “रोगको समयमा उपचार भएन भने अस्थिरता अझ बल्झिन्छ”, उहाँले भन्नुभयो, “२०७२ को संविधानले राजनीतिक अधिकार दियो तर आर्थिक विकासका मुद्दा अघि बढाउन सकेन । त्यसैले जनतामा निराशा बढेकोे हो ।”रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
खेलाडीहरूले खेलेरै बाँच्न सक्ने स्थिति बनेको छ : प्रधानमन्त्री
२०८२ असार २५, बुधबार
कांग्रेस लुम्बिनीका महामन्त्री खनाल पार्टीबाट निष्काशित
२०८२ असार २५, बुधबार
सप्तकोशी नदी तटीय क्षेत्रमा उच्च सर्तकता अपनाउन स्थानीय प्रशासनको आग्रह
२०८२ असार २५, बुधबार
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याल नियुक्त
२०८२ असार २५, बुधबार
वाइसिएलले दुईमहिने श्रम तथा उत्पादन अभियान चलाउने
२०८२ असार २५, बुधबार
गुणस्तरीय शिक्षाका लागि सामूहिक प्रयत्न जरुरी छ : उपप्रधानमन्त्री सिंह
२०८२ असार २५, बुधबार
कारागारमा मौसमी रुघा र ज्वरोको समस्या
२०८२ असार २५, बुधबार